default_image

8 months ago

January 6, 2024

लाली गुराँस त्रिवेणी कपको च्याम्पियन

883 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – लाली गुराँस युथ क्लब भुजुङ लमजुङ ३१औं संस्करणको त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको च्याम्पियन बनेकाे छ ।

दुई पल्टको च्याम्पियन बेशीशहर युथ सोसाइटी सेरा लमजुङलाई १–० ले पराजित गर्दै लाली गुराँसले उपाधि जित्न सफल भएको हो । लाली गुरासँ १९ वर्षपछि त्रिवेणी कपको च्याम्पियन बनेको हो । यसअघि लाली गुराँसले वि.स. २०६१ मा उपाधि जितेको थियो ।

लमजुङको बेसिशहर नगरपालिका– ७ को सहजीस्थित त्रिवेणी रंगशालामा शनिबार भएको फाइनलमा लाली गुराँसलाई च्याम्पियन बनाउन दोस्रो हाफमा भएको आत्मघाती गोल नै निर्णाय बन्यो ।

उनले ६०औं मिनेटमा आन्द्रेस नियाले आत्मघाती गोल गर्न पुगेका थिए । । सिमन्त थापाको लामो थ्रु बललाई क्लियर गर्ने क्रममा आन्द्रेस नियाको हेडरले आफ्नै पोस्टको जाली चुम्न पुगेको थियो ।

अन्तत त्यही गोल नै लाली गुराँसलाई उपाधि जित्न पर्याप्त रह्यो । प्रतिस्पर्धात्मक बनेको फाइनलमा दुवै टोलीमा ‘ए’ डिभिजन र गत साता सम्पन्न नेपाल सुपर लिग (एनएसएल) खेलेका खेलाडीको बाहुल्यता रहेको थियो ।

उपाधिसँगै लाली गुरासँले ८ लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ । दोस्रो भएको बेसीशहरदे ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । सेमिफाइनलमा पराजित दुई टोली अभिषेक चर्च रजहर नवलपुर र लाङ्दी देवी युवा क्लब नाल्माले समान १ लाख रुपैयाँ हात पारेको छ ।

बेशीशहर युथ सोसाइटीका लक्षु थापा मगर सर्वाेत्कृष्ट खेलाडी चुनिए ।सुन्दर बजार फुटबल क्लबका एरोन थापा सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगिताभर एक ह्याट्रिकसहित चार गोल गरेका थिए । उनीहरुले ट्रफीसँगै समान २० हजार रुपैयाँ हात पारे ।

विजयी टोली तथा खेलाडीलाई गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डे, गण्डकी प्रदेश सभा सदस्य भेष बहादुर पौडेल, बेशीशहर नगरपालिकाका नगर प्रमुख गुमान सिंह अर्याल र क्लबका अध्यक्ष राज कुमार घिमिरेलगायतले पुरस्कृत गरे ।

त्रिवेणी युवा क्लब लमजुङको आयोजनामा १२ पुसबाट सुरु भएको प्रतियोगितामा विभिन्न २१ टोलीको सहभागिता रहेको थियो । गत वर्ष रोड्स् क्लब रामपुर चितवनले उपाधि जितेको थियो । यसपल्ट विभगीय टोली त्रिभुवन आर्मी क्लबसँगै नेपाल पुलिस क्लब र बेलायतको क्वीन्स गोर्खाज टोलीको सहभागिता रहेको थियो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.