1 year ago
January 4, 2024
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा जितलाई निरन्तरता दिएको छ ।
शीर्ष स्थानको रियलले बुधबार मार्लोकामाथि १–० को संघर्षपूर्ण जित हासिल गरेको छ ।
एन्टोनिओ रुडिगेरले खेलको एक मात्र गोल गरे । उनले ७८औं मिनेटमा गोल गरेका हुन्। सबै खाले प्रतियोगितामा गरेर रियल पछिल्ला १८ खेलमा अपराजित छ ।
अर्को खेलमा दोस्रोमा रहेको जिरोनाले एटलेटिको म्याड्रिडलाई ४–३ ले पराजित गरेको छ । जिरोनाका इभान मार्टिनले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा निर्णायक गोल गरे ।
अरु खेलमा सेल्टा भिगोले रियल बेटिसलाई २–१
र ग्रेनेडाले काडिजलाई २–० ले हरायो ।
१९ खेलमा रियल र जिरोना समान ४८ अंक छ । तेस्रो स्थानको एटलेटिको ३८ अंक छ । ३८ अंककै साथ चौथो स्थानमा रहेको बार्सिलोनाले एक खेल कम खेलेको छ ।
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]
January 13, 2025
एजेन्सी- साविक विजेता म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा पुगेको छ। जोसुआ जिरकेजीले पेनाल्टीमा निर्णायक गोल गरेपछि आइतवार युनाइटेडले आर्सनललाई टाइब्रेकरमा ५-३ ले हराएको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । ब्रुनो फर्नान्डेजले ५२ औं मिनेटमा युनाइटेडका गोल गरेका थिए । ग्याब्रिएल मागल्हेसले ६३औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज बागमती युथ क्लबले त्रिभुवन आर्मी क्लबको समाना गर्दैछ। आर्मी जारी लिगमा बागमतीलाई तेस्रो पटक दाउमा रहनेछ। आर्मीले दोस्रो चरणमा बागमतीलाई ३-० शुन्य र अन्तिम चरणको पहिलो लेगमा भने २-० ले हराएको थियो। पछिल्लो जितमा विमला बिक र सपना लामाले गोल गरेका थिए। विभागीय टोली आर्मी, […]