default_image

10 months ago

December 31, 2023

रोनाल्डोले ५४ गोल सहित वर्षको अन्त्य गरे

2404 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले २०२३ वर्षको अन्त्य ५४ गोल सहित गरेका छन् । ५४ गोल सहित रोनाल्डो २०२३ को सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।

साउदी प्रो लिगमा शनिबार अल-तावुन विरुद्धको ४-१ को जितमा इन्ज्युरी समयका गोल गर्दै उनले ५४ गोल पुर्याएका हुन् । यस वर्ष बायर्न म्युनिखका ह्यारी केनले र पिएसजीका किलियन एम्बाप्पेले ५२ गोल गरे । म्यानचेस्टर सिटीका एर्लिङ हालान्डले ५० गोल गरे ।

यसअघि रोनाल्डोले सन् २०११, २०१३, २०१४ र २०१५ मा पनि वर्षको सर्वाधिक गोलकर्ता बनेका थिए ।

२०२२ मा उनले मात्र १७ गोल गरेका थिए । त्यो वर्षमा म्यानचेस्टर युनाइटेडका रहेका उनले वर्षको अन्त्यतिर टोलीमा आफ्नो स्थान गुमाइसकेका थिए ।

प्रशिक्षक एरिक टेन हाग युनाइटेड भित्रिएपछि उनले सुरुवाती रोजाइमा आफ्नो स्थान गुमाएका थिए । त्यसपछि नै उनले साउदी प्रो लिग टोली अल-नासर पुगेका थिए ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.