default_image

8 months ago

December 31, 2023

लिगमा युनाइटेडको नवौं हार

669 views

0 Bookmark

एजेन्सी – इग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड फेरि पराजित भएको छ । शनिबारको खेलमा युनाइटेड नटिङघमसँग २-१ ले पराजित भएको‌ हो।

मोर्गन गिब्स ह्वाइटले ८२ औं मिनेटमा गरको गोलमा नटिङघम विजयी भएको थियो। त्यसअघि ६४ औं मिनेटमा निकोलस डोमिनगेजको गोलमा नटिङघमले अग्रता लिएको थियो।

७८ औं मिनेटमा मार्कस रासफोर्डले बराबरी गोल फर्काएका थिए। तर ४ मिनेट पनि बराबरी जोगाउन नसकेपछि युनाइटेडले लिगमा नवौं हार बेहोरेको थियो।

२० खेलमा २० अंक पुगेको नटिङघम १५औं स्थानमा उक्लिएको छ । समान खेलमा ३१ अंक रहेको युनाइटेड लिगमा सातौं स्थानमा छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.