1 year ago
December 30, 2023
सुदेश बानिया, काठमाडौं
फाइनल सम्मको आ-आफ्नो यात्रामा भिन्नता भए पनि, ललितपुर सिटी एफसीका प्रशिक्षक इयान गिलान र धनगढी एफसीका प्रशिक्षक युगल किशोर राई दुवै आजको फाइनलको निर्णय कुन आधारमा हुने छ भन्नेमा सहमत छन् – व्यक्तित्व, रणनीतिक लचकता र जितका लागि भोकको मिश्रण । अर्थात् जसले जितको लागि बढी चाहना देखाउँछ, उसैले बाजी मार्नेछ ।
शनिबारको फाइनलमा आ-आफ्नो पछिल्लो खेलमा मनोबल बढाउने जित संगै फाइनलको यात्रा जोडेका धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्दैछन् । एक तिर धनगढी पहिलो संस्करणको फाइनलमा बेहोरेको हार सुधार्ने प्रयासमा हुने छ भने ललितपुर पहिलो फाइनलमा नै उपाधि उचाल्ने दाउमा हुने छ । फाइनल अगाडी ललितपुर भन्दा केहि बढी दिनको तयारी पाएको धनगढी शारीरिक रूपमा ललितपुर भन्दा बलियो देखिने सबैको आँकलन छ । यता ललितपुर चोटले संघर्षरत भएपनि उपाधि जित्नेमा विश्वस्त छ ।
“मैले बहाना बनाइरहेको छैन’, ललितपुरका मुख्य प्रशिक्षक गिलानले भने,’तर एक खेलबाट अर्को तयारी गर्न समय एकदम छोटो छ । समय तालिका बनाउनमा अलि बढी विचार पुगेको भए हुने जस्तो लाग्छ । हाम्रो होटेलको कोठाहरु अहिले अस्पतालको आपतकालीन वार्ड जस्तै छ ।’
गिलानको टोलीलाई चोट र निलम्बनका कारण खेलाडी अनुपस्थित हुने भएपछि कठिन हुने देखिन्छ ।
ललितपुरको अहिलेसम्मको यात्रामा समस्याहरू सुल्झाउँदै अघि बढेको छ । जुन प्लेअफमा पनि कायम रह्यो । फाइनलको यात्रा तय गर्न आवश्यक दुई जित प्राप्त गर्दै टोलीले लय समातेको छ । मात्र दुई जित र काठमाण्डौ रेजर्स विरुद्धको एक हारसँगै लिग चरणको समाप्तिमा ललितपुरको सम्भावना केहि कमजोर देखिन थालेको थियो ।
यसको विपरित, धनगढी एफसीको प्रतियोगिता अहिलेसम्म सबै भावनाहरूको मिश्रण भएको छ। तीन जित र चार बराबरी प्लेअफको यात्रा तय गरेको धनगढीले मात्र एक हार बेहोरेको थियो- जुन थियो झापा विरुद्धको निराशाजनक २–० को पराजय । तर आवश्यक क्षणमा धनगढीले सोचेअनुरुप प्रदर्शन गर्न काबिल ठहर भयो । दुइ पटक पछि परेको अवस्था उल्ट्याउदै धनगढीले पोखरा थन्डर्स विरुद्ध ‘क्लच’ प्रदर्शन गर्न सफल भयो । यसका लागि मोहम्मद ताहाबाट दुई पेनाल्टी बचाउ आवश्यक पर्यो – जसमध्य एक युवा स्टार आयुष घलानको पनेन्काको असफल प्रयास समेत रहेको थियो ।
यस्तै, युगल किशोर राईले शनिबारको खेल ‘कठिन बनाम कठिन’ हुने बताएका छन् । तर जे होस्, उनी र कप्तान देवेन्द्र तामाङले एकजुट भएर धनगढीको राम्रो भाग्य कडा परिश्रमको मूल्य चुकाएर नै आएको भन्दै आफ्नो भनाई राखेका थिए – जुन कुराका लागि राईले आफ्ना खेलाडीहरूलाई प्रतियोगिताभर श्रेय दिए ।
‘व्यक्तित्व’, युगलका अनुसार खेलको नतिजामा यहि नै निर्णायक कारक हुनेछ। ‘अवश्य पनि, व्यक्तिगत उत्कृष्टता आवश्यक छ तर व्यक्तिगत र टोली चरित्र धेरै, धेरै महत्त्वपूर्ण हुनेछ। खेलाडीहरू पिचमा आउँदा टोलीले देखाउने चरित्र महत्त्वपूर्ण हुनेछ ।’
पहिलो संस्करणको फाइनलको हार भुलाउन प्रयासरत धनगढीका प्रशिक्षक राई ‘व्यक्तित्व’ ले नै खेल निर्धारण गर्ने कुरामा विश्वस्त छन् । गत खेलमा १० जनामा सिमित भइ ९० मिनेट खेलेको खेलका कारण ललितपुर केहि समस्यामा हुने त तय नै छ, तर सो परिस्तिथिका कारण ललितपुर झनै बलियो भएको समेत उनले जिकिर गर्न भ्याए ।
‘उनीहरूले हालै मात्र धेरै खेल खेलेका छन् – यो पाँच दिनमा उनीहरूको तेस्रो खेल हुनेछ । थोरै रिकभरी समय र दश जनामा सिमित भए तापनि उनीहरूले कुन प्रदर्शन गरे, त्यो मात्र नभई उनीहरुले उनीहरूले देखाएको चरित्र पनि उत्कृष्ट थियो,’उनले थपे।
ललितपुरले सबैभन्दा राम्रो खेल खेलेको परिस्थिति हेर्ने हो भने यो कुरा सहि समेत हुन जान्छ । बुटवल लुम्बिनी र एफसी चितवन विरुद्धको दुई जितले प्रतियोगिताको एक दावेदारको रूपमा ललितपुरलाई विश्वस्त रुपमा खडा गरेको त थियो थियो, काठमाडौं रेजर्स विरुद्धको एलिमिनेटरको जीतले यसलाई झनै पुष्टि गर्यो ।
‘मलाई लाग्छ कि हामी राम्रो गर्नेछौं,’ गिलानले आफ्नो टोलीले कस्तो खेल्नेछ भन्ने प्रश्नको उत्तर दिदै भने, ‘कुनै समयमा हामी खराब थियौं तर हामीले प्रतियोगिताको अन्त्यतिर राम्रो खेलेका छौ र केही फरक रणनीति समेत प्रयोग गरेका छौं ।’
कप्तान अनन्त तामाङ सो कुराको सहमति जनाउँदै सुरुवातमा डिफेन्सबीच समन्वय अभाव रहेपनि अहिले हटेको बताए । यसका साथै खेल तालिकाको बारेमा समस्या बयान गर्दै आउने दिनको खेल तालिकाको समस्या सम्बोधन हुने अपेक्षा समेत अनन्तले व्यक्त गरे।
आज, अनन्तको “सुध्रिएको” डिफेन्स लाइन र चोट र निलम्बनले ग्रस्त ललितपुरको परिक्षा धनगढीको हालसम्मको ९ गोल मध्य ६ गोल गरेका विदेशीद्वय ओलावाले अफिज र अहमद हिजाजी विरुद्ध हुने छ ।
अर्को तर्फ, संयोगवश अर्का कप्तान देवेन्द्र तामाङ ललितपुरका लागि संयुक्त रुपमा ७ गोल गरेका द्वय इमोह इजीकिएल र पापा केबेलाई रोक्ने तरखरमा हुनेछन् । फाइनलमा दुई “कडा, उत्सुक र आक्रमणकारी” टोलीको युद्धमा कुन कप्तान विजेता भएर निस्कने छन् भन्ने प्रश्नको उत्तर समर्थहरुको आवाजले गुञ्जिन आतुर दशरथ रंगशालाले नै दिनेछ ।
March 12, 2025
विराटनगर (हाम्रो खेलकुद)- थ्री स्टार क्बलले नवौं रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको सहिद रंगशालामा बुधवार राति भएको फाइनल सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २-० ले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो । जारी सिजनमा थ्री स्टारको यो पहिलो उपाधि हो । टोलीले फागुन ३ गते २४ […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं रेजर्समा फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी भिन्सेन्ट कोजिइलो आबद्ध भएका छन्। अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि रेजर्सले कोजिइलोलाई भित्राएको हो। लिग वान, बुन्डेसलिगाको समेत अनुभव बटुलिसकेका मिडफिल्डर कोजिलो बुधवार काठमाडौं आइपुगेको रेजर्सले जनाएको छ। कोजिइलो फ्रान्सको यु १९, २० र २१ बाट खेलेका थिए। उनले […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीको एएफसी एसियन कप छनोटको तयारीमा जुटिरहेको छ। टोलीको दोस्रो चरणको छनोटमा २७ खेलाडीलाई समेटिएको छ। टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले पहिलो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम सार्वजनिक गरेका थिए। सार्वजनिक गरेको ३० नाम बाहेक पनि पछि खेलाडी बन्द प्रशिक्षणमा थपिएको आज सार्वजनिक गरिएका नामले पुष्टि गरेको […]