default_image

8 years ago

January 24, 2017

कप्तान अनिल र सुजलले समर्थकसँग माफी मागे

63 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका कप्तान अनिल गुरुङ र मिडफिल्डर सुजल श्रेष्ठले आइतबारको घटनाले समर्थकहरुलाई दुःखी बनाएकोमा माफी मागेका छन् । आहा गोल्ड कपमा आइतबार सेमिफाइनल पुगेको रात अनिल र सुजललाई होहल्ला र विवाद गरेको भन्दै बैदाम वडा प्रहरीले राती २ बजे पोखरा लेकसाइडबाट पक्राउ गरेको थियो । उनीहरुलाई सोमबार बिहानमात्र छाडिएको थियो ।

anil-and-sujal

अनिल र सुजल दुवैले घटना प्रति दुःख व्यक्त गर्दै आफुले घटनाबाट पाठ सिकेको बताएका छन् । ‘सबै चिज हामीले योजना गरे अनुसार नै अघि बढ्छ भन्ने हुन्न रहेछ’ अनिलले भने, ‘त्यो दिन विशाल (राई) भाईको बर्थ डे थियो, हामी सेमिफाइनल पनि पुगेका थियौ । क्लबका साथीहरु भएर सेलिब्रेसन गरेर होटल फर्केने बेला बाटोमा प्रहरीसँग सामान्य विवाद भयो । त्यसमा हाम्रो पनि केही कमजोरी रह्यो । यो सब घटनाका लागि हामी फुटबल प्रेमीसँग माफी चाहन्छौं ।’

सुजलले पनि घटनाबाट पाठ सिकेको र यस्ता घटना नदोहोरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने ‘चाहेर यस्ता घटना हुने होइन । त्यो हाम्रो लागि दुर्घटना थियो । सामान्य विवादबाट परिस्थितिले अर्को मोड लियो र केही नराम्रो भयो । हामीलाई त्यसमा दुःख लागेको छ ।’
राष्ट्रिय टोलीका कप्तान समेत रहेका अनिल र टोलीका सदस्य सुजलले समर्थकलाई निराश नहुन र पोखराबाट आहा रारा गोल्डकप जितेर फर्कने विश्वास दिलाएका छन् । ‘अब जे भयो त्यसबाट निराश भएर बस्ने कुरा आउँदैन । हाम्रा कारण दर्शकलाई दुःख लागेको छ’ अनिलले भने, ‘हामी आहा रारा गोल्डकप फुटबलको उपाधि जितेर समर्थकलाई खुसी बनाउँछौं । उपाधि समर्थकमा समर्पित गर्नेछौं । हामी त्यसमा दृढ भएर अझै मेहनत गर्नेछौं ।’

anil-sujal

मंगलबार अभ्यासमा निस्कने क्रममा रहेका सुजलले पनि अनिलले जस्तै प्रतिबद्धता व्यक्त गर्दै भने ‘हामी यहाँ आहा जित्न आएका हौं । त्यसमा हामी पुरै केन्द्रित छौं । क्लबलाई मात्र होइन भविष्यमा नेपाली राष्ट्रिय टोलीलाई पनि सफलता दिलाउने जिम्मेवारी हामीमा छ भन्नेमा हामी दृढ छौं । यसलाई एउटा गल्ति मानेर सबैले बिर्सनु हुन्छ भन्ने विश्वास छ ।’

दुई महिनाअघि मकाउविरुद्धको फाइनलमा सुजलकै गोलमा नेपाल एएफसी सोलिडारिटी कप जितेको थियो । एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता नेपालले जितेको त्यो पहिलो उपाधि हो । सोलिडारिटी कप च्याम्पियन बनेपछि र ग्वामले नाम फिर्ता लिएपछि नेपालले एएफसी एसियन कप खेल्ने मौका समेत पाएको थियो ।

सोमबार भएको समूह विभाजनमा नेपाल समूह ‘एफ’ फिलिपिन्स, ताजकिस्तान र यमनसँग परेको छ । अनिल र सुजल दुवैले एसियन कपमा अझै उच्च प्रदर्शन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

January 8, 2025

एक दर्जन गोल गर्दै आर्मी शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगको अन्तिम चरणमा शीर्षस्थानमा उक्लिएको छ। विभागीय टोली आर्मीले बुधवार वालिङ नगरपालिकालाई १२-० को फराकिलो अन्तरमा हराउँदै शीर्ष स्थानमा उक्लेको हो । आर्मीले नेपाल पुलिस क्लबले जतिकै समान ७ अंक जोडेपनि गोल अन्तरमा शीर्षस्थानमा उक्लिएको हो। लिगको नियम अनुसार हेड-टु-हेड पहिलो आधार हो। तर आर्मी र […]

January 8, 2025

एन्फा महिला लिग – आर्मी र वालिङ आमनेसामने हुदै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा बुधवार वालिङ नगरपालीका र विभागीय टोली त्रिभुवन आर्मी क्लब आमने सामने हुदै छन् । खेल सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा एक जित र एक बराबरीको साथ आर्मी तेस्रो स्थानमा छ । सुरुवाती दुवै खेलमा पराजित वालिङ अंक बिहीन रुपमा […]

January 8, 2025

आर्सनलमाथि न्युक्यासलको जित

एजेन्सी – न्युक्यासलले इङ्ग्लिस लिग कपको सेमिफाइनल खेलको पहिलो लेगमा आर्सनललाई पराजित गरेको छ । बुधवार बिहान आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा न्युक्यासल २-० गोलले विजयी भएको हो । पाहुना टोली न्युक्यासलको जितमा अलेक्जान्डर इसाक र एन्थोनी गोर्डनले गोल गरे । दोस्रो लेगको खेल आगामी फेब्रुअरी ५ मा हुनेछ । इसाकले खेलको ३७औं […]

Success

Thank you for your time.