default_image

11 months ago

December 25, 2023

पोखरा र धनगढीको‌ खेल पेनाल्टीमा गयो

922 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्स र धनगढीबीच दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को पहिलो क्वालिफायर पेनाल्टीमा गएको छ ।

लिग तालिकामा शीर्ष स्थानमा रहँदै प्लेअफमा आफ्नो स्थान बनाएको पोखराले क्वालिफायर १ मा साविक उपविजेता धनगढी एफसीबीचको खेल २-२ को‌ बराबरीमा‌ टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो।

दशरथ रंगशालामा भएको खेलको निर्धारित ९० मिनेटमा १-१ र थप समयमा २-२ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो। थप समयको अन्तिम मिनेटमा गोल गर्दै धनगढी खेलमा फर्किएको थियो। त्यसअघि थप समयको १३ औं मिनेटमा पोखराले गोल गर्दै दोस्रो पटक अग्रता लिएको थियो।

November 29, 2024

एपिएफको महिला फुटबल टोलीले भारतमा मैत्रीपूर्ण खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबको महिला टिमले भारतको सिलिगुडीमा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाल-भारत महिला मैत्री समाजको आयोजनामा एपिएफ र भारतको सिमा सुरक्षा बलको महिला फुटबल टिमबीच खेल हुने भएको हो । खेल मंसिर १५ गते दिउँसो ३ बजे सिलिगुडीस्थित सिमा सुरक्षा बलको मैदानमा हुनेछ । एपिएफले महिला राष्ट्रिय लिगमा प्रतिस्पर्धा […]

November 29, 2024

नेपालको फिफा वरियतामा सुधार

काठमाडौं (हाम्रो खेलकुद)- फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ । विश्व फुटबल महासंघ (फिफा)को बिहीवार जारी गरेको पुरुष फुटबलको वरियतामा नेपाल १सय  ७५ औं स्थानमा छ। नेपालले पछिल्लो पटक खेलेका दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एउटा जित र अर्कोमा हार बेहोरेको थियो । कात्तिकको अन्त्यमा ताजिकिस्तानसँग ४-० को हार बेहोरेको नेपालले मंसिरको‌ सुरुमा अफगानिस्तानलाई […]

November 29, 2024

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिग विजयी भएको छ । टोटेनहमले बराबरी खेलेको छ।नर्वेली टोली बिन्डो विरुद्ध युनाइटेडले ३- २ ले जित निकालेको हो । रुबेन एमोरिमले प्रशिक्षण सम्हालेयता युनाइटेडको पहिलो जित हो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले २-१ ले पछाडि परेर नतिजा उल्टाएको थियो। युनाइटेडका लागि रासमस रोयलुन्डले २ गोल गरे । एलेसान्द्रो […]

Success

Thank you for your time.