1 year ago
December 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – यशोदा फुड्सको उत्पादन करेन्ट चाउचाउले नेपाल सुपर लिग (एनएसएल) टोली बुटवल लुम्बिनीका मार्की तथा कप्तान एरिक विष्टलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ ।
नेपाल राष्ट्रिय फुटबल टोली मिडफिल्डर समेत रहेका एरिकसँग कम्पनीले सोमबार एक वर्षको लागि सम्झौता गरेको छ । सम्झौता रकम भने खुलाइएको छैन । एनएसएलमा करेन्टले बुटवल लुम्बिनीलाई पनि प्रायोजन गरेको थियो ।
बुटवलका लागि एरिकले सबै खेल्ने क्रममा २ गोल गर्नुका साथै १ असिस्ट गरेका थिए । यद्यपि टोलीले प्लेअफमा स्थान बनाउन सकेन ।
‘यशोदा फुडसँग जोडिन पाउँदा खुसी छु । यो अवसरको लागि कम्पनीलाई धन्यवाद दिन चाहन्छु,’ एरिकले भने ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]