default_image

1 year ago

December 24, 2023

फुटबल प्रशिक्षक अर्याललाई आर्थिक सहयोग

1263 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ब्लड क्यान्सरबाट पीडित फुटबल प्रशिक्षक प्रकाश अर्याललाई अमेरिकामा रहेको सांग्रिला क्लबले आर्थिक सहयोग गरेको छ ।

सांग्रिला क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रशिक्षक अर्याललाई २ लाख ११ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । सांग्रिलाका प्रतिनिधि जितु बस्नेतले प्रशिक्षक अर्याललाई रकम हस्तान्तरण गरे । मधेश प्रदेश फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ तथा धनुषा जिल्लाको ग्रासरुट फुटबल प्रशिक्षकका रुपमा कार्यरत अर्यालले नेपाली यू–१९ र यू–२३ टोलीलाई प्रशिक्षण् दिएका थिए ।

‘फुटबलमा अर्यालले पुर्याउनु भएको योगदानलाई स्मरण गर्दै सांग्रिला परिवारले प्रशिक्षक सहयोग गरेको हो,’ बस्नेतले भने । प्रशिक्षक अर्यालले सहयोगका लागि सांग्रिलालाई धन्यवाद दिदै क्यान्सरलाई जितेर चाँडो मैदान फर्किने चाहना रहेको बताए ।

उनले भने, ‘एन्फा, प्रशिक्षक संघ, नेपाल सुपर लिगले सहयोग गर्नुभएको छ । उहाहरूको सहयोगमा धन्यवाद दिन म संग शब्द नै छैन । यो रोगलाई जितेर चाडोभन्दा चाडो मैदान फर्कने चाहना छ । तपाईहरूको सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।’

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

March 13, 2025

न्यु स्टार माछापोखरी हिटी गोल्डकपको उपाधि

हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]

Success

Thank you for your time.