1 year ago
December 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (हाम्रो खेलकुद) मा काठमाडौं रेजर्स र वीरगन्ज युनाइटेड एफसी बीच बिहीबार जारी खेलको मध्यान्तर १-१ को बराबरीमा सकिएको छ ।
दशरथ रंगशालामा दुई पेनाल्टी भएको पहिलो हाफमा काठमाडौंका लागि एन्केन्ग्वे जुनियरले गोल गरेका हुन् भने वीरगन्जका लागि विलियम ओपोकुले गोल गरेका हुन् ।
तेस्रो मिनेटमा काठमाडौंका तोजिदिनोभको बक्स बाहिरबाट गरेको प्रहार पोस्टको निकै टाढाबाट बाहिरियो । पाँचौं मिनेटमा काठमाडौंकै किंगे ओलिभरको लामो बलमा तोजीदिनोभ पुग्नु अघि दीप कार्की गोल लाईन अघि आएर समाते ।
२०औं मिनेटमा काठमाडौँले खेलमा अग्रता लियो । कुलदीप कार्कीको क्रस हिसुब थपलियाले नियन्त्रणमा लिन नसकेपछि तेज तामाङले क्लियर गर्ने क्रममा एन्केन्ग्वे जुनियरको सामु पुगेपछि उनले सहज गोल गर्दै खेलमा काठमाडौंलाई अग्रता दिलाए ।
२७औं मिनेटमा वीरगन्जका ओवेद ओसुवुले टाढाबाट गरेको प्रहार सिधै काठमाडौं गोलरक्षक एन्जल श्रेष्ठको हातमा जान पुग्यो । ३०औं मिनेटमा तोजीदिनोभको कर्नरमा शोखरुखको फ्रि हेडर पोस्टको दिशामा जान सकेन ।
३७औं मिनेटमा काठमाडौंले अग्रता दोब्बर गर्ने सुनौलो अवसर पायो । दिपेन्क राज सिंह ठकुरीले बक्स भित्रबाट हिसुबमाथि फाउल गरेपछि काठमाडौंले पेनाल्टी पाएको थियो । तर शोखरुखको पेनाल्टी दीप कार्कीले बचाउन पुगे ।
उता पहिलो हाफको अन्त्यतिर वीरगन्जले पनि पेनाल्टीमार्फत गोल गर्ने अवसर प्राप्त गर्यो । सुशिल लामाको प्रहारमा आन्द्रेस नियाले हेड गरेको बल रेफ्रीले ह्यान्डबल दिएपछि वीरगन्जले पेनाल्टी पाएको थियो । पेनाल्टीमा विलियम ओपोकुले गोल गर्दै खेल बराबरीमा ल्याए ।
काठमाडौं प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन आज जित्ने दाउमा छ । वीरगन्जलाई पनि सो सम्भावना जीवितै राख्न आज जित्नै पर्ने दबाब छ । आज जित हासिल गर्न नसकेमा वीरगन्ज शीर्ष चार दौडबाट बाहिरिने छ ।
काठमाडौं ६ खेलमा ९ अंकसहित चौथो स्थानमा रहँदा वीरगन्ज ६ खेलमा ५ अंकसहित पुछारमा छ ।
एनएसएलमा लिग तालिकाको शीर्ष २ टोलीले सिधै फाइनलमा छनोट हुने क्वालिफायर खेल खेल्नेछन् । क्वालिफायरमा पराजित हुने टोलीले भने लिगको तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीको विजेतासँग अर्को क्वालिफायर खेल्न पाउनेछ ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]