12 months ago
December 21, 2023
एजेन्सी – पछिल्लो समयमा खराब लयले गुज्रिरहेको बार्सिलोनाले स्पेनिश ला लिगामा पुछारमा रहेको अल्मेरिया विरुद्ध संघर्षपूर्ण जित हात पारेको छ ।
यस सिजन कुनै खेल नजितेको अल्मेरिया विरुद्धको ३-२ जितमा बार्सिलोनाका कप्तान सर्जी रोबर्टोले २ गोल गर्दा अर्को गोल भने राफिन्हाले गरे ।
इल्काए गुन्डोगानको कर्नर किकमा रोनाल्ड आराउजोको हेडर अल्मेरियाका गोलरक्षक म्याक्सीमिआनोले बचाएपछि रिबाउन्डमा राफिन्हा सहजै गोल गर्दै खेलमा अग्रता दिलाएका थिए ।
तर ४१औं मिनेटमा अल्मेरियाले खेलमा बराबरी गोल गर्यो । डिफेन्स लाइनमा आराउजोले बल गुमाएपछि लियो बाप्टिस्टाओले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
६०औं मिनेटमा बार्सिलोनाले खेलमा पुनः अग्रता लियो । राफिन्हाको कर्नरमा सुन्दर हेडर प्रहार गर्दै रोबर्टोले खेलमा आफ्नो टोलीलाई अग्रता दिलाए ।
तर त्यसको ठीक १० मिनेट पछि आफ्नै गल्तिका कारण बार्सिलोना पुनः गोल खान पुग्यो । अर्रिबासको फ्रिकिक समात्ने क्रममा बार्सिलोना गोलरक्षक इनाकी पेना आराउजोसँग ठोकिएपछि बल फुस्कियो र एडगर रोड्रीगेजले सहज गोल गर्दै खेललाई पुनः बराबरीमा पुर्याए।
८२औं मिनेटमा बार्सिलोनाले तेस्रो गोल गर्दै जित निश्चित गर्यो । रोबर्ट लेवान्डोस्कीको पासमा रोबर्टोले व्यक्तिगत दोस्रो गोल गरेपछि टोलीको जित निश्चित भयो ।
जित पछि बार्सिलोना १८ खेलमा ३८ अंकसहित तेस्रो स्थानमा छ । एक खेल कम खेलेको शीर्ष स्थानको जिरोनाको ४४ र दोस्रो स्थानको रियल म्याड्रिडको ४२ अंक छ।
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबको महिला टिमले भारतको सिलिगुडीमा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाल-भारत महिला मैत्री समाजको आयोजनामा एपिएफ र भारतको सिमा सुरक्षा बलको महिला फुटबल टिमबीच खेल हुने भएको हो । खेल मंसिर १५ गते दिउँसो ३ बजे सिलिगुडीस्थित सिमा सुरक्षा बलको मैदानमा हुनेछ । एपिएफले महिला राष्ट्रिय लिगमा प्रतिस्पर्धा […]
November 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ । विश्व फुटबल महासंघ (फिफा)को बिहीवार जारी गरेको पुरुष फुटबलको वरियतामा नेपाल १सय ७५ औं स्थानमा छ। नेपालले पछिल्लो पटक खेलेका दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एउटा जित र अर्कोमा हार बेहोरेको थियो । कात्तिकको अन्त्यमा ताजिकिस्तानसँग ४-० को हार बेहोरेको नेपालले मंसिरको सुरुमा अफगानिस्तानलाई […]
November 29, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिग विजयी भएको छ । टोटेनहमले बराबरी खेलेको छ।नर्वेली टोली बिन्डो विरुद्ध युनाइटेडले ३- २ ले जित निकालेको हो । रुबेन एमोरिमले प्रशिक्षण सम्हालेयता युनाइटेडको पहिलो जित हो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले २-१ ले पछाडि परेर नतिजा उल्टाएको थियो। युनाइटेडका लागि रासमस रोयलुन्डले २ गोल गरे । एलेसान्द्रो […]