1 year ago
December 19, 2023
काठमाडौं (हाम्रो खेलकुद)– पूर्व महासचिव इन्द्रमान तुलाधरको अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवेशले औपचारिकता पाएको छ । उनले यसपटक सिइओको जिम्मेवारीमा एन्फामा पुनरामगन गरेका हुन् ।
तुलाधरले मंगलबार सातदोाबाटोस्थित एन्फा पुगेर नियुक्त पत्र बुझे । एन्फा कार्यसमितिको सोमबार बसेको बैठकले बहुमतका आधारमा पूर्व महासचिव समेत रहेका तुलाधरलाई सिईओ नियुक्त गरेको थियो । एन्फा महासचिव किरण राईले तुलाधरलाई सिइओको पत्र हस्तान्तरण गरेको एन्फालेल जनाएको छ । विगतमा पनि तुलाधर लामो समय एन्फा सिईओ रहेका थिए ।
गत वर्ष कर्मा छिरिङ शेर्पा एन्फा अध्यक्षमा पराजित भएपछि तुलाधर एन्फाबाट अलग भएका थिए । तुलाधरले गत वर्ष असारमा भएको निर्वाचनमा शेर्पा समूहलाई सघाएका थिए । डेढ वर्षपछि वर्तमान अध्यक्षा पंकजविक्रम नेम्वाङ सघाउन आफू तयार रहेको भन्दै शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए ।
कात्तिक २३ गते हेटौंडमा भएको विशेष साधारण सभाले एउटा म्यान्डेड दिइसकेको र अब त्यसलाई सबैले माने अघि बढ्नु पर्ने तर्क तुलाधरले गरेका थिए । तुलाधरले, शेर्पा र अन्य ए,बी,सी डिभिजनसँग मिलेर भदौ २५ गते अध्यक्ष नेम्वाङ र महासचिव राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
तुलाधरले नियुक्त पत्र बुझेकै दिन एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा कार्यसमितिका ९ जनाले निर्णयको विधान विपरित भएको भन्दै पत्रकार सम्मेलनमार्फत विरोध गरेका थिए । उनीहरुले तुलाधरको नियुक्तीविरुद्ध अनुशासन समिति, राखेप, मन्त्रालय र त्यहाँबाट पनि नभए अदालत सम्म जाने बताएका छन् । ए डिभिजन टोली संकटा क्लबका अध्यक्ष समेत रहेका तुलाधरको नियुक्ती पहिलो पटक एन्फा भित्रै विवादमा परेको छ ।
January 21, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सिक्किमको जोरथाङ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेडलाई २-० ले हराउँदै झापा ११ च्याम्पियन बनेको हो। झापालाई जित दिलाउन प्रदीप बुढाथोकी र सन्तोष खत्रीले गोल गरे । प्रदीपले २० […]
January 21, 2025
सुमन अधिकारी, बुटवल भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा लुम्बिनी खुकुरी क्लब विजयी भएको छ । खुकुरीले मेलवर्न क्रिकेट क्लब (एमसिसी)लाई ९७ रनले पराजित गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ४१ ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ३२ रनको बलियो योगफल बनाएको […]
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको अर्थहिन खेलमा सुष्मा तामाङको ह्याट्रिकमा वालिङ नगरपालिकाले पहिलो जित निकालेको छ। वालिङले प्ले अफमा पुगिसकेको बागमती युथ क्लबलाई ३-१ गोल अन्तरले हरायो। यो जित वालिङको लागि सान्त्वना जित बन्यो। एन्फा कम्प्लेक्समा आज भएको खेलमा बागमती विरुद्ध मैदानमा उत्रिएको वालिङको प्ले अफमा पुने संभावना समाप्त भैसकेको थियो। वालिङ […]