default_image

9 months ago

December 19, 2023

एन्फा विधान विपरित निर्णयविरुद्ध ९ जना एक ठाँउमा !

309 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बहुमतको आडमा आफ्नै विधान र नियमावलीविरुद्ध गरिएका निर्णय मान्न नसकिने र त्यसकाविरुद्ध कदम चाल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) को असन्तुष्ट पक्षले बताएका छन् ।

एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा मंगलबार पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पक्षले आफ्नो धारण सार्वजनिक गरेको छ । एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधरलाई सोमबारको बैठकबाट सिइओ नियुक्त गर्ने निर्णय नियमावलीविरुद्ध भएको भन्दै वरिष्ठ उपाध्यक्ष खड्काले त्यो निर्णय कुनै हालतमा मान्न नसकिने बताएका छन् ।

‘आफ्नै नियमावली र निर्णयविरुद्ध बैठकबाट निर्णय गरिएको छ । बहुमतका आडमा नियमावलीविरुद्ध निर्णय गरिनु गलत हो,’ खड्काले भने, ‘यो निर्णयकोविरुद्ध अन्तिम सम्म लड्ने छु । अनुशासन समिति, राष्ट्रिय खेलकुद परिषद् (राखेप), मन्त्रालयमा यो निर्णयकाविरुद्ध जानेछौं । त्यहाँबाट पनि भएन भने अदालत पनि जानेछौं ।’

गत वर्ष एन्फा निर्वाचनमा अलग अलग समूहबाट निर्वाचित मध्ये दुई समूहबाट ३ पदाधिकारीसहित ९ जना कार्यसमिति सदस्य यसपटक एक ठाँउमा उभिएका छन् । जसमा खड्कासहित, उपाध्यक्ष विराटजंग शाही, दीर्घ (कुमार) बहादुर केसी, सदस्यहरु पेमा डोल्मा लामा, रमेश बन्जनकार, अनिल मल्ल, भोजराज शाही, रवीन्द्र चन्द र रुपेश अधिकारी छन् । बन्जनकार र शाहीबाहेक ७ जना पत्रकार सम्मेलनमा उपस्थिति थिए ।

उपाध्यक्ष केसीले पहिलो बैठकबाट बहुमत र अल्पमतका रुपमा निर्णय हुने अवस्था आएको स्मरण गर्दै भनेका थिए, ‘त्यति बेला नै मैले भनेको थिए । पहिलो बैठकमा नै बहुमत र अल्पमतका आधारमा निर्णय हुन थाल्यो भने पछि संघ चलाउन कठिन हुन्छ । आज अवस्था त्यहि भएको छ ।’

वरिष्ठ उपाध्यक्ष खड्काले विगतमा एन्फाका वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङ र आफुसहितले विधान सम्मत संघ चलाउनुपर्ने तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पाविरुद्ध अभियान चलाएको स्मरण गर्दै भने, ‘अहिले पंकजजी नै विधान विपरित निर्णय गराउँन लाग्नुभएको छ । हामी यसको विरोध गछौं।’

कार्यसमिति बैठकले गरेको विभिन्न निर्णय मध्ये ६ वटा निर्णय विधान विपरित रहेको भन्दै असन्तुष्ट पक्षले विरोध जनाएको हो ।
मध्यपुर युथ एसोसिएसनविरुद्धको कारवाही न्याय संगत नभएको असन्तुष्ट पक्षले कार्यसमिति बैठकमा महिला संघको प्रतिनिधित्व नगराउनुलाई पनि राम्रो मान्न नसकिने बताएको छ ।

विधान विपरित राष्ट्रिय लिग खेल्ने ४ क्लबको मताधिकार खोसेको, सहायक महासचिव बसन्त अर्यालले पदबाट राजीनामा दिइसकेको भन्दै अध्यक्ष नेम्वाङ झुट बोलेको आरोप पनि असन्तुष्ट पक्षले लगाएको छ । विधान विपरित इन्ट्रिगिटी अफिसर नियुक्त गरिएको आरोप पनि सो समूहले लगाएको छ ।

‘बसन्त जीले सहायक महासचिवबाट राजीनामा दिइसकेको र उहाँलाई आर्थिक समितिको संयोजक बनाउने भने अध्यक्षले प्रस्ताव गर्नुभएको थियो,’ खड्काले भने, ‘राजीनामा पत्र देखाउनहोस् भन्यौं । मसँग छ भन्नुभयो । बसन्तले मैले राजीनामा दिएको छैन भन्नै बैठक छाडेर हिड्नुभयो । अध्यक्षले सरासर झुट बोल्नुभयो ।’

अर्का उपाध्यक्ष शाहीले वर्तमान अध्यक्षलाई कसरी जितायौं नजाउँ भन्दै अगाडि भने, उहाँ चतुर खेलाडी हो । टुटाउने फुटाउने रहेछ । क्यालेन्डर निकाल्नु भनेर कति पटक भने ल्याउन सक्नुभएको छैन । सदस्य लामाले महिलाहरुको सम्मान नभएपछि आफूले बैठक बहिष्कार गरेको र महिलाको सम्मानका लागि भविष्यमा लड्ने बताइन् ।

सदस्य मल्लले विधान विपरित कामलाई आफूले विगत देखि नै उठाउँदै आएकोले भविष्यमा पनि यसलाई जारी राख्ने र केहि दिनमा पुनःपत्रकार सम्मेलन गर्ने बताए । सदस्य अधिकारीले बहुमतको नाममा विधान विपरित आफु खुसी निर्णय हुन थालेकोले त्यसको विरोध गर्न आवश्यक रहेको बताएका छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.