8 years ago
January 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल दुई महिनापछि हुने एएफसी एसियन कप छनोटका लागि कठिन समूहमा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले संयुक्त अरब इमिरेट्समा गरेको समूह विभाजनमा नेपाल समूह एफमा फिलिपिन्स, ताजकिस्तान र यमनसँग परेको छ ।
सन् २०१८ को विश्वकप र एसियन कपको छनोटको सुरुआतमा पराजित भएपछि दुई महिना अघि एएफसी सोलिडारिटी कप जितेको र ग्वामले खेल्न नपाउने भएपछि नेपालले पुनः एसियन कप छनोट खेल्ने मौका पाएको थियो । नेपाल जस्तै सोलिडारिटी कपको फाइनल पुगेको मकाउनले पनि कुवेतको सट्टा छनोट खेल्ने अवसर पाएको छ । एसियन कप छनोट चैत १० गतेबाट सुरु हुनेछ । सोमबारको समूह विभाजनमा समूह एमा मकाउ, म्यानमार, भारत र किर्गिस्तान समूह बीमा मलेसिया, लेबनान, हङकङ र उत्तर कोरियाका छन् ।
त्यस्तै कम्बोडिया, अफगानिस्तान, भियतनाम र जोर्डन समूह सीमा छन् भने प्यालेस्टाइन, माल्दिभ्स, भुटान र ओमान समूह डीमा छन् । त्यस्तै समूह इमा बहराइन, तुर्किमिनिस्तान , चाइनिज ताइपे र सिंगापुर छन् । एसियन कप छनोट खेल्ने २४ टोलीलाई फिफा वरियताको आधारमा चार पटमा विभाजन गरिएको थियो । प्रत्येक पटमा ६ राष्ट्र रहेका थिए । २४ टोलीलाई ६ समूहमा विभाजन गरिने छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई बर्षपछि हुने एसियन कपमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]