11 months ago
December 19, 2023
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको खेलमा क्याटलान क्लब बार्सिलोना र इटालियन च्याम्पियन नेपोली भिड्ने भएका छन् ।
सोमबार सम्पन्न ड्र अनुसार बार्सिलोनाले क्वाटरफाइनलमा प्रवेश गर्न नेपोलीसँग खेल्नुपर्ने भएको हो । त्यस्तै इंग्लिस क्लब आर्सनलले पोर्चुगलको एफसी पोर्टोसँग खेल्नेछ ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले स्पेनिस क्लब रियल सोसीडाडको सामना गर्नेछ । इन्टर मिलानले स्पेनिस क्लब एटलेटिको म्याड्रिडसँग खेल्नेछ । जर्मन क्लब बोरुसिया डर्टमुन्ड र डच क्लब पिएसभी पनि आमनेसामने हुँदैछन् ।
प्रतियोगिताको दाबेदार मानिएको बायर्न म्युनिखले इटालियन क्लब लाजियोसँग खेल्नेछ । प्रतियोगिताको सबैभन्दा सफल क्लब रियल म्याड्रिडले लाइप्जिगको सामना गर्नेछ ।
म्यानचेस्टर सिटीले कोपनहेगनसँग खेल्नेछ । प्रतियोगिताको पहिलो लेग फेब्रुअरी दोस्रो साता हुने तय छ ।
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राजेन्द्र तामाङले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक पद गरेको बताएका छन् । महिला साफ च्याम्पियनसिपको फाइनलमा बुधवार बंगालादेशसँग २-१ ले पराजित भएपछिको पोस्ट म्याच कन्फ्रेन्समा अब राष्ट्रिय महिला टोली नहेर्ने बताएका हुन्। ‘अब महिला राष्ट्रिय टोली हेर्दिन’, उनले भने ,’सायद अब क्लब हेर्छु होला ।’ तामाङको नेतृत्वमा महिला टोलीले गत […]
October 30, 2024
सुबास हुमागाईं, काठमाडौं साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा नेपाललाई २-१ ले हराउँदै बंगलादेशले उपाधि रक्षा गर्यो । बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा […]
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न सकेका छैनन् । सुरुवाती १० मिनेटमा नै दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो । बंगलादेशकी गोलरक्षक रुपना चक्माले आज लगातार गल्ती गरिरहेकी छिन् । खेलको पहिलो […]