default_image

9 months ago

December 18, 2023

लामाद्वारा एन्फा बैठक बहिष्कार

1175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-केन्द्रीय सदस्य पेमा डोल्मा लामाले अखिल नेपाल फुटबल संघ (एन्फा) को‌ सोमबार बसेको कार्यसमितिको बैठक बहिष्कार गरेकी छिन्।

एन्फाको महिला संघका प्रतिनिधि उपाध्यक्ष कमला हिराचन र महासचिव विना श्रेष्ठलाई बैठकमा बस्न नदिएपछि अपमान भएको भन्दै लामाले बैठक बहिष्कार गरेकी हुन्।

एन्फामा आबद्ध खेलाडी, प्रशिक्षक, रेफ्री संघका अध्यक्षलाई एन्फा कार्यसमितिको बैठकमा आमन्त्रण गर्ने गरिन्छ। खेलाडी संघका अध्यक्ष विक्रम लामा, प्रशिक्षक संघका‌ अध्यक्ष राजेन्द्र तामाङ, रेफ्री संघका‌ अध्यक्ष बुद्धि गुरुङ बैठकमा सहभागी छन्। लामा महिला संघको अध्यक्ष पनि हुन् ।

‘म केन्द्रीय सदस्यका रुपमा बैठकमा बस्ने हो । अन्य संघको‌ प्रतिनिधित्व हुने भएकोले महासचिव किरण राईसँग मौखिक सहमति लिएर मैले उहाँहरुलाई महिला संघको प्रतिनिधित्व गर्न बैठकमा बोलाएको थिए ,’ राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य समेत रहेकी लामाले भनिन्, ‘बैठक सुरु हुनु अघि अध्यक्ष र महासचिवले उहाँहरु बस्न मिल्दैन भनेपछि केही समय विवाद जस्तो भयो ।‌ मैले बस्न पाउनुपर्ने अडान राखे । अरु साथीहरुले पनि बस्न दिनुपर्छ भन्नुभयो । तर अध्यक्षले मिल्दैन भनेपछि उहाँहरु निस्कनुभयो। त्यसपछि मैले अपमान महसुस गरेर बैठक छाडेर निस्किए । यो महिला संघप्रति गरिएको अपमान हो ।’

एन्फा बैठकमा १५ वटा एजेण्डामा छलफल भइरहेको‌ छ। आजको बैठकले पूर्व महासचिव इन्द्रमान तुलाधरलाई सिइओ र विजय घलेलाई सहायक महासचिव नियुक्त गर्ने सम्भावना छ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.