default_image

10 months ago

December 17, 2023

सहारा यूके अध्यक्षमा गुरुङ

293 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद ) – सहारा यूकेको अध्यक्षमा कृष्ण गुरुङ चयन भएका छन् ।

युकेमा शनिबार आयोजित संस्थाको १५ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
कार्यसमिति उपाध्यक्षमा शारदा गुरुङ, महासचिवमा क्याप्टेन पिताम्बर गुरुङ, सचिव मञ्जु गुरुङ राई, कोषाध्यक्ष कुमार थापा र सहकोषाध्यक्षमा जगन (ज्याक) गुरुङ चयन भए ।

सीईओमा मेग गुरुङ, खेलकुद सचिवमा शमशेर गुरुङ, युवा खेलकुद संयोजकमा सन्दीप उपाध्याय चयन भएको निर्वाचन समितिले जनाएको छ ।

कार्यसमिति सदस्यमा मनोज गुरुङ, मिलन तमु गुरुङ, सुधा गुरुङ, दल गुरुङ, देव गुरुङ, गम गुरुङ, दीपक (राजु) गुरुङ, सविन्द्रकुमार गुरुङ (एसके), अमृत गुरुङ र अजयजंग थापा छन् ।

हरि श्रेष्ठ निर्वाचन प्रमुख रहेको तीन सदस्यीय निर्वाचन समितिमा तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ र वर्तमान उपाध्यक्ष कमल गुरुङ सदस्य थिए ।

अध्यक्ष ले.रि. कुसाङ गुरुङको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनमा उपाध्यक्ष कृष्ण गुरुङले स्वागत मन्तव्य राखेका थिए । साधारणसभामा उपाध्यक्ष कृष्ण गुरुङ, महासचिव मनोज गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, सहकोषाध्यक्ष जगन गुरुङ, सहारा एफसी टिमले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष र महासचिवले सहारा क्लब पोखराले आयोजना गर्ने आहा रारा गोल्डकपमा संस्थाबाट दिइने गोल्डकप, ट्रफी पुरस्कारलगायत विषयमा जानकारी गराएका थिए । आहा गोल्डको २३ औं संस्करण माघमा आयोजना हुँदैछ।

आदर्श तमु अवार्ड पाएका संस्थाका आजीवन सदस्य सेरा गुरुङ र गमबहादुर गुरुङलाई साधारणसभामा बधाई ज्ञापन गरियो नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूकेबाट पुरस्कृत सहारा यूकेका कार्यसमिति सदस्य एवं फोटो पत्रकार मिलन तमुलाई बधाई तथा शुभकामना दिइयो ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.