8 years ago
January 23, 2017
पोखरा (हाम्रो खेलकुद) – त्रिवुभन आर्मी क्लब १५ औं आहा रारा गोल्डकपको सेमिफाइनल पुगेको छ । पोखरा रंगशालामा सोमबार रमपम झापा ११ लाई २–० ले गोलले हराउदै आर्मीले आयोजक सहारा क्लब सगँको भेट पक्का गरेको छ । राष्ट्रिय टोलीका स्ट्राइकर समेत रहेका नवयुग श्रेष्ठ र भरत खवासले हाफमा गोल गरेपछि सेनाले जित निकालेको हो । सहारा र आर्मीबीच माघ १२ गते सेमिफाइनल हुनेछ ।
खेलको ४८ औ मिनेटमा नवयुगले गोलको खाता खोले । सन्तोष तामाङको पासमा गोलकिपर बिट भइसकेपछि नवयुगले हेडमार्फत गोल गरेका थिए । खेलको ६९ औ मिनेटमा भरतले गोल गरे । करिब मैदानको मध्ये भागबाट बल एक्लै अघि बढाउँदै भरतले सेकेन्ड बार च्यापेर गोल गरेका थिए ।
एएनएमाथि ४–१ को सहज निकाल्दै अघि बढेको झापा सेनाको टोलीसँग भने प्रभावकारी हुन सकेन । टोलीले गोलका केही अवसर गुमाएको थियो । ५८ औ मिनेटमा झापाका योगेश गुरुङले वान भर्सेस वानमा गोल गर्न सकेनन् । ८२ औ मिनेटमा झापाकै रन्जित श्रेष्ठको फ्रिकिक प्रहार गोलकिपर मुस्किलले जोगाए । आर्मीका लागि १३ औ मिनेटमा सन्तोषको फ्रिकिक बारमा लागेर फर्केको थियो ।
आर्मी र झापाबीचको प्रतिस्पर्धा । तस्बिर – युनिस गुरुङ
तीन पटक फाइनल खेलिसकेको आर्मीले अहिले सम्म आरा रारा गोल्डकप जित्न सकेको छैन । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब, रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबले समान ४ पटक उपाधि जितेका छन् । सहारा क्लबले २०५८ पहिलो पटक आयोजना गरेको क्याराभान गोल्डकप जोड्दा पुलिसले पाँच पटक उपाधि जितेको छ । तीन क्लब मनाङ, पुलिस र थ्री स्टारबाहेक आयोजक सहारा र अफ्रिकन युनाइटेड क्लबले एक एक पटक उपाधि जितेका छन् ।
आहा रारा गोल्डकपमा मंगलबार तेस्रो क्वार्टरफाइनल
सिएमजी क्लब संकटा र फरासगानी एससी,बंगलादेश
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]
May 2, 2025
एजेन्सी – टोटनहमले युरोपा लिगको फाइनलमा पुग्ने दिशामा एक कदम अगाडि बढाएको छ । नर्वेजियन क्लब बोडो/ग्लिम्टविरुद्धको सेमिफाइनलको पहिलो लेगमा ३-१ को जित हात पार्दै टोटनहम बलियो स्थितिमा पुगेको छ । टोटनहेमले बिहीवार गरेको प्रदर्शन यो सिजनको घरेलु प्रदर्शनमध्ये सबैभन्दा उत्कृष्टमध्ये एक हो । यसले सन् २००८ पछि पहिलो उपाधिको जित्ने सम्भावनालाई मजबुत बनाएको छ […]
May 2, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ। पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ। शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो […]