1 year ago
December 14, 2023
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेको बार्सिलोना गएराति बेल्जियन टोली रोयल एन्टवर्पसँग पराजित भएको छ ।
एन्टवर्पको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ३-२ ले हारेको छ । बार्सिलोना खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो । आर्थर भरमिरिनले गोल गर्दै खेलमा एन्टवर्प लाई अग्रता दिलाएका थिए ।
३५औं मिनेटमा बार्सिलोनाले बराबरी गोल गर्यो । लामिन यमालको पासमा फेरान टोरेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
५३औं मिनेटमा बार्सिलोनाका सर्जी रोबर्टोले रातो कार्ड पाएका थिए। तर भिडियो असिस्टेन्ट रेफ्रीले सो रातो कार्डको निर्णयलाई बदलेर कुनै कार्ड दिएनन् ।
५६औं मिनेटमा एन्टवर्पले पुनः खेलमा अग्रता लियो । अलहसन युसुफको पासमा भिन्सेन्ट यान्सनले गरेपछि टोलीले खेलमा दोस्रो पटक अग्रता लिएका थिए ।
तर इन्ज्युरी समयको पहिलो मिनेटमा इलकाए गुन्डोगानको क्रसमा हेडर गोल गर्दै युवा खेलाडी मार्क गुयुले बार्सिलोनाका लागि बराबरी गरे । तर खेल मात्र एक मिनेटका लागि मात्र बराबरीमा रह्यो । अर्को मिनेटमा जर्ज इलेनीखेनाले एन्टवर्पका लागि गोल गर्दै जित दिलाए ।
हारका बावजूद बार्सिलोना समूहको शीर्ष स्थानमा रह्यो । बार्सिलोनाको ६ खेलमा १२ अंक छ । दोस्रो स्थानमा रहेको पोर्टोको पनि १२ अंक नै रहेको छ ।
यस्तै शाख्तर दोनेत्स्क ९ अंक बटुल्दै तेस्रो स्थानमा रहेर यूरोपा लिगमा छनोट भयो । एन्टवर्पको ३ अंक मात्र जोड्न सक्यो ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ। बोरुसिया डर्टमन्डलाई १–१ को बराबरीमा रोक्दै पिएसजी अन्तिम १६ मा प्रवेश गरेको हो । समूह एफको अर्को खेलमा एसी मिलानले न्युकासल युनाइटेडलाई २–१ ले हरायो ।
पिएसजीका लागि जाएरे एमिरीले ५६औं मिनेटमा बराबरी गोल फर्काएका थिए। एडेमिको गोलमा ५१ औं मिनेटमा डर्टमन्डले अग्रता लिएको थियो।
डर्टमन्ड ११ अंकसहित समूहको शीर्ष स्थानमा रह्यो भने ८ अंक जोडेको पिएसजी उपविजेताका रुपमा अघि बढ्यो। समान ८ अंकको मिलान र ५ अंक बटुलेको न्युक्यासल च्याम्पियन्स लिबाट बाहिरए ।
समूह ‘ई’ मा शीर्षमा रहेको एटलेटिको म्याड्रिडले लाजियोलाई २–० ले हरायो । एट्लेटिको र लाजियो दुबै टोली नकआउट चरणमा चरण पुगिसकेका छन् । समूहको अर्को खेलमा सेल्टिकले फायनउडलाई २–१ ले हरायो । यि दुबै टोली पहिले नै प्रतियोगिताबाट बाहिरिसकेका थिए।
म्यानचेस्टर सिटीले समूह ‘जी’ मा शतप्रतिशत नतिजालाई निरन्तरता दिने क्रममा रेड स्टार बेलग्रेडलाई ३–२ हरायो । समूहको अर्को खेलमा आरबी लाइपजिगले योङ ब्वाइजलाई २–१ ले हरायो । यसअघि नै नकआउट चरण पुगेको सिटी समूह विजेता र लाइपजिग उपविजेता रह्यो ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]