default_image

10 months ago

December 14, 2023

पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा

893 views

0 Bookmark

एजेन्सी— पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ।

बुधबार बोरुसिया डर्टमन्डलाई १–१ को बराबरीमा रोक्दै पिएसजी अन्तिम १६ मा प्रवेश गरेको हो ।
समूह एफको अर्को खेलमा एसी मिलानले न्युकासल युनाइटेडलाई २–१ ले हरायो ।

एक गोलले पछाडि रहेको स्थितिमा पिएसजीले बराबरी निकालेको हो । उसका लागि जाएरे एमिरीले ५६औं मिनेटमा बराबरी गोल फर्काएका थिए। एडेमिको गोलमा ५१ औं मिनेटमा डर्टमन्डले अग्रता लिएको थियो।

डर्टमन्ड ११ अंकसहित समूहको शीर्ष स्थानमा रह्यो भने ८ अंक जोडेको पिएसजी उपविजेताका रुपमा अघि बढ्यो‌। समान ८ अंकको मिलान र ५ अंक बटुलेको न्युक्यासल च्याम्पियन्स लिबाट बाहिरए ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.