default_image

9 months ago

December 13, 2023

इटाली र युभेन्टस लेजेन्ड चिलिनीको सन्यास

407 views

0 Bookmark

एजेन्सी – इटाली तथा युभेन्ट्सका लेजेन्ड जर्जियो चिलिनीले आफ्नो व्यवसायिक खेल करिअरबाट सन्यासको घोषणा गरेका छन् ।

२३ वर्षको व्यवसायिक खेल करिअर ‘मेरो जीवनको सबैभन्दा सुन्दर र गहन यात्रा’ भनेर वर्णन गर्दै सन्यासको घोषणा गरेका छन् । इटालीलाई युरो २०२० को उपाधि जिताउन कप्तानी गरेका ३९ वर्षिय चिलिनीले युभेन्टसमा आफ्नो सबै खेल करिअर बिताएका थिए ।

उनी सन् २०२२ जुनदेखि लस एन्जलस एफसीसँग मेजर लिग सकर (एमएलएस) खेल्दै आएका थिए । । शनिबार भएको एमएलएस कपको फाइनलमा एलएएफसीलाई कोलम्बस क्रुले २–१ ले हराएको थियो ।

सामाजिक सन्जाल एक्समा पोस्ट गर्दै चिलिनीले थपे, ‘तिमी मेरो सबै चीज हौ । मैले एक अद्वितीय र अविस्मरणीय बाटो यात्रा गरेको छु । तर अब यो नयाँ अध्याय सुरु गर्ने, नयाँ चुनौतीहरूको सामना गर्ने र जीवनका थप महत्त्वपूर्ण र रोमाञ्चक पृष्ठहरू लेख्ने समय हो ।’

चिलिनीले टुरिनमा सिरी ‘ए’ आइकनको रूपमा आफ्नो उपस्थिति जनाउनअसघ सन् द्दण्ण्ण् मा लिभोर्नोबाट आफ्नो क्यारियर सुरु गरेका सेन्टर ब्याक चिलिनीले युभेन्टसलाई २०११ र २०२० सम्म लगातार ९ सिरी ए उपाधि र पाँच पटक कोपा इटालिया जिताउन भुमिका निभाएका थिए। सन् २०२२ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका चिलिनीले इटालीका लागि ११७ क्याप जित्दा ८ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

युभेन्टसले आफ्ना पूर्व खेलाडीको सन्यासको विषयमा भने, ‘युभेन्टसका फ्यानहरूका लागि, १७ सिजनसम्म, नम्बर तीन एउटै कुराको लागि खडा थियो, र एउटा मात्र कुरा जर्जियो चिलिनी । तपाईं सधैं हाम्रो छेउमा हुनुहुन्थ्यो, आवश्यक भएमा हस्तक्षेप गर्न तयार सुपर हीरो जस्तै ।’

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.