default_image

1 year ago

December 12, 2023

मेस्सी र रोनाल्डो आमने–सामने हुने

1354 views

0 Bookmark

एजेन्सी – अमेरिकी मेजर लिग सकर क्लब इन्टर मियामीले प्रि–सिजन साउदी अरेबिया भ्रमणको पुष्टि गरेसँगै दुई महान हस्ती लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डो झन्डै एक वर्षपछि आमने–सामने हुने भएका छन् ।

प्रि सिजनमा मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले साउदीका दुई क्लबसँग राउन्ड रोविन लिगको आधारमा रियाद सिजन कप खेल्ने पुष्टि गरेसँगै मेस्सी र रोनाल्डोबीच प्रतिस्पर्धा हुने पक्का भएको हो ।

रियाद सिजन कप आगामी २९ जनवरी र १ फेब्रुअरीमा हुनेछ । यो दुवै खेल किङडम एरिना स्टेडियम रियादमा हुनेछ ।मियामीले २९ जनवरीमा साउदी प्रो लिगको शीर्षस्थानमा रहेको अल हिलालसँग खेल्नेछ । यो टोलीमा ब्राजिली स्टार नेयमार रहेपनि उनी चोटका कारण यस खेलमा उपस्थित हुनेछैनन् ।

त्यसपछि मियामीले १ फेब्रुअरीमा रोनाल्डोको कप्तानीमा रहेको अल नासरसँग खेल्नेछ । यो टोलीमा रोनाल्डोसँगै साडियो माने, एमेरिक लापोर्टा, एन्डरसन टालिस्का, मार्सेलो ब्रोजोभिच, सेको फोफाना र डेभिड ओस्पिना रहेका छन् ।

रोनाल्डो र मेस्सीको अन्तिम भेट पनि गत जनवरी १९, २०२३ मा मैत्रीपूर्ण खेलमा भएको थियो । त्यहा मेस्सीको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रोनाल्डोको रियाद अल–स्टार्स इलेवनसँग खेलेको थियो ।

इंग्लिस म्यानचेस्टर युनाइटेडबाट बाहिरिएपछि रोनाल्डोको साउदी अरबमा यो पहिलो खेल थियो, जसमा पिएसजी ५–४ ले विजयी हुँदा दुवै खेलाडीले गोल गरेका थिए ।

पिएसजी छाडेपछि मेस्सीलाई साउदी लिगमा खेल्ने प्रस्ताव प्राप्त गरेपनि उनले मियामीसँग सम्झौता गरे । जहाँ उनले टोलीलाई लिग कपमा ट्रफी जिताउन नेतृत्व गरे ।

आफ्नो ऐतिहासिक करिअरमा मेस्सी र रोनाल्डो ३५ पटक आमने–सामने भएका छन् । जसमा मेस्सीले १६ पटक रोनाल्डोको १० पटक जितेका छन् । ९ बराबरी भएको छ ।

मेस्सीले २१ गोल र १२ असिस्ट दिदा रोनाल्डोले २० गोल र एक असिस्ट दिएका छन् । मेस्सी र रोनाल्डोबीचको पहिलो खेल सन् २००८ मा युइएफए च्याम्पियन्स लिगमा भएको थियो । त्यसबेला रोनाल्डो म्यानचेस्टर युनाइटेडमा तथा मेस्सी बार्सिलोनामा रहेका थिए ।

इन्टर मियामीका प्रमुख व्यापार अधिकारी जेभियर एसेन्सीले यो प्रशंसकहरूसँग दिगो सम्बन्ध सिर्जना गर्ने अर्को ठूलो अवसर रहेको र साउदी अरेबियामा नयाँ समर्थकहरूसँग जोडिन पाउँदा उत्साहित रहने बताएका छन् । उनले विश्वभरका मानिसहरू पनि यस्तै सपनाको खेलहरू हेर्नक उत्सुक भइरहने बताएका छन् ।

यो इन्टर मियामीको पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो, त्यसपछि मियामी एल साल्भाडोर र हङकङमा प्रि सिजन भ्रमण गर्नेछ । मियामीले फेब्रुअरी ४ मा चिनिया सुपर लिगको विजेतासँग खेल्नेछ । टोली त्यसपछि नयाँ सिजनको एमएलएसको लागि अमेरिका फर्किनेछ ।

January 8, 2025

एन्फा महिला लिग – आर्मी र वालिङ आमनेसामने हुदै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा बुधवार वालिङ नगरपालीका र विभागीय टोली त्रिभुवन आर्मी क्लब आमने सामने हुदै छन् । खेल सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा एक जित र एक बराबरीको साथ आर्मी तेस्रो स्थानमा छ । सुरुवाती दुवै खेलमा पराजित वालिङ अंक बिहीन रुपमा […]

January 8, 2025

आर्सनलमाथि न्युक्यासलको जित

एजेन्सी – न्युक्यासलले इङ्ग्लिस लिग कपको सेमिफाइनल खेलको पहिलो लेगमा आर्सनललाई पराजित गरेको छ । बुधवार बिहान आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा न्युक्यासल २-० गोलले विजयी भएको हो । पाहुना टोली न्युक्यासलको जितमा अलेक्जान्डर इसाक र एन्थोनी गोर्डनले गोल गरे । दोस्रो लेगको खेल आगामी फेब्रुअरी ५ मा हुनेछ । इसाकले खेलको ३७औं […]

January 7, 2025

गोर्खा ब्वाइज फर्साटिकर कपको क्वाटरफाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी १२ औं फर्साटिकर कप–२०८१ मंगलवार बुटवलको गोर्खा ब्वाइज क्लब विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको छ । फर्साटिकर युवा क्लबको आयोजना सञ्चालित प्रतियोगिताको चौथो दिन समूह ‘बी’ मा गोर्खा ब्वाइजले पाल्पा न्यु युथ युनियनलाई ३-१ ले पराजित गरेको हो । गोर्खा ब्वाइजका मनिष तामाङले २ र अनुज गैरेले १ गोल […]

Success

Thank you for your time.