default_image

10 years ago

September 22, 2015

एकदम दबाव थियो–यु१६ प्रशिक्षक उपेन्द्रमान सिंह

130 views

0 Bookmark

५ असोज | हाम्रो खेलकुद

नेपाली युवा टोलीलाई एएएफसी यु–१६ च्याम्पियनसिपको अन्तिम चरणमा छनोट गराएर स्वदेश फर्केका प्रशिक्षक उपेन्द्रमान सिंहले छनोटका क्रममा आफु दवावमा रहेको स्वीकारेका छन् ।

Upendra Man SIngh and Manish Karku U16

छनोट हुन सफल भएर स्वदेश फर्कने क्रममा मंगलबार बिहान विमानस्थलमा बाहिर सिंहले भने,‘ यु–१९ ले भर्खरै नतिजा ल्याएको थियो । त्यसले हामीलाई पनि राम्रो गर्न उत्साहित गरेको थियो । तर सँगसँगै छनोट हुन नसकिएला भन्ने दबाब पनि त्यतिकै थियो । त्यसैले मैले खेलाडीलाई छनोट अघि यसको अर्थ बताइसकेको थिए ।’

व्यक्तिगत रुपमा भन्दा पनि टोलीका कारण आफु चिन्तित रहेको राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सिंहको तर्क थियो । ‘व्यक्तिगत रुपमा भन्दा पनि छनोट हुन नसक्दा खेलाडीको मनोबल घट्न सक्छ भन्ने चिन्ता थियो मलाई,’ उनले भने,‘ यो त भर्खर उनीहरुको खेल जीवनको सुरुआती अवस्था हो । सुरुआती सफलताले अघि बढ्न मद्दत गर्न ।’

काठमाडौंमा दुई बर्षअघि भएको एएफसी यु–१६ च्याम्पियनसिप छनोटबाट पनि नेपाल अन्तिम चरणका लागि छनोट भएको थियो । त्यो समय टोलीको प्रशिक्षक बालगोपाल महर्जन र कप्तान विमल घर्ती मगर थिए । त्यहि नेतृत्वमा रहेको यु–१९ ले भदौ १२ गते एन्फा टेक्निकल सेन्टर च्यासलमा साफ यु–१९ च्याम्पियनसिपको उपाधि जितेको थियो । सिंह र महर्जन समकालिन खेलाडी हुन् । यद्दपी प्रशिक्षणमा महर्जनले बढी सफलता चाखिसकेका छन् भने सिंह त्यहि बाटोमा छन् । सिंहको नेतृत्वमा साफ यु १६ च्याम्पियनसिपमा खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । उपेन्द्रमान सिंहले पहिलो पटक कुनै पनि टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी यही यु–१६मार्फत सुरु गरेका हुन् । त्यसकारण पनि सिंह माथि दबाब थियो ।

नेपाल उत्कृष्ट उपविजेता बन्दै अर्को बर्ष भारतमा हुने एएफसी यु १६ च्याम्पियनसिपका लागि छनोट भएको थियो । सुरुआती दुई खेलमा जोर्डनलार्य २–१ र कीर्तिस्तानलाई ४–२ ले हराएर बलियो अवस्थामा रहेपनि ओमानसँग ३–१ ले पराजित भएपछि टोलीको समूह विजेता बन्ने सम्भावना टुंगिएको थियो । सोही समूहको अर्को खेलमा कीर्तिस्तानले जार्डनलाई हराएपछि नेपाल समूह ‘बी’ को उपविजेता बन्यो । अन्य समूहको नतिजा अनकुल भएपनि नेपाल उत्कृष्ट उपविजेतामा छनोट हुन सफल भएको थियो ।

May 1, 2025

टुसालसँग सरस्वतीको हार

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा टुसाल युथ क्लब जित हात पारेको छ। आज बाँसबारी क्लब विरुद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै टुसाल लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । ६७ औं मिनेटमा बिक्की राईले टुसाललाई अग्रता दिलाए। कोमल बहादुर खवासको कर्नरमा […]

May 1, 2025

एपिएफ बागमती मुख्य मन्त्री कपको फाइनलमा

बट्टार/नुवाकोट (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बल (एपिएफ) प्रथम बागमती प्रदेश मुख्य मन्त्री कपको फाइनलमा प्रवेश गरेको छ। आज नुवाकोटको बट्टारमा भएको दोस्रो सेमिफाइनल खेलमा रौतहट जिल्ला फुटबल संघलाई ५-० को हार चखाउँदै फाइनलमा पुगेको हो। एपिएफले अब नेपाल पुलिस क्लबसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। एपिएफ र पुलिसले बैशाख १२ गते लुम्बिनी कप फुटबलको फाइनल खेलेका […]

May 1, 2025

आरसिटी विजयी, १२ औं स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा लिगको पुछारमा रहेको रानी पोखरी कर्नर टिम (आरसिटी) सँग सरस्वती युथ क्लब ४-३ गोल अन्तरले पराजित भएको छ। यो जितमा आरसीटी लिगको १२ औं स्थानमा उक्लिएको छ। एन्फा कम्प्लेक्समा भएको खेलको ३६ औं मिनेटमा विशेष लामाको गोलमा सरस्वतीले अग्रता बनायो। तर यसको तीन मिनेटपछि नै आरसिटीले खेललाई […]

Success

Thank you for your time.