default_image

10 months ago

December 9, 2023

बिनोङको गोलमा बुटवललाई अग्रता

507 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी फरवार्ड स्टेफन बिनोङको गोलमा बुटवल युनाइटेड फुटबल क्लबले नेपाल सुपर लिग २ मा काठमाडौं रेजर्स एफसीविरुद्ध अग्रता लिएको छ ।

साविक विजेता काठमाडौंविरुद्ध बुटवलले उत्कृष्ट प्रदर्शन गरेको छ । जिलेस्पी जंग कार्कीले सुरुवाती समयमा काठमाडौंका कप्तान कुलदीप कार्कीलाई बायाँ विंगमा निकै समस्या दिए । काठमाडौंले खेलको माहोल विपरित बढेको आक्रमणमा बललाई पोस्टमा छिराएको थियो । तर सहायक रेफ्रीको झन्डा अफसाइडको लागि उठ्दा गोलले मान्यता पाएन ।

अर्कोतर्फ बुटवलले भने लगातारको आक्रमणलाई गोलमा परिणत गर्यो । काठमाडौंकै पूर्व खेलाडी बिनोङले लिगको तेस्रो गोल गर्दै आफूलाई सर्वाधिक गोलकर्ता पनि बनाए । हाफको अन्त्यमा कप्तान एरिक विष्टको फ्रिकिक क्रसबारमा लाग्दा टोली अग्रता दोब्बर बनाउनबाट भने चुक्यो । यस अग्रता जोगाउन सके बुटवल अंक तालिकाको तेस्रो स्थानमा उक्लनेछ ।

खेलको सुरुवातमा बुटवलले केही अवसर सिर्जना गर्यो । जिलेस्पी सुरुवाती समयमा आक्रामक देखिएका थिए । पहिलो मिनेटमा उनको क्रस दुई डिफेन्डरलाई लागेर पोस्ट तर्फ गएको बल अभिषेक बरालले समाते । दोस्रो मिनेटमा उनकै अर्को क्रस सहजै क्लियर भयो ।

तेस्रो मिनेटमा काठमाडौंका तोजिदिनोभको थ्रु पासमा शोखरूखको क्रसमा गणेश हमालको प्रहार डिफ्लेक्ट भएर पोस्ट माथिबाट बाहिरियो ।

सातौं मिनेटमा बुटवलका कप्तान एरीक विष्टको बक्स बाहिरबाट लिएको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो । १०औं मिनेटमा काठमाडौंका कप्तान कुलदीप कार्कीको क्रसमा एनकेन्गवे जुनियरको हेडर पोस्ट तर्फ जान सकेन ।

१३औं मिनेटमा बुटवल फरवार्ड स्टेफन बिनोङले बक्स बाहिर बाट पोस्टको थोरै बाहिर प्रहार गरे । २०औं मिनेटमा बुटवलका लेफ्ट ब्याक पासाङ लामाले बक्स बाहिरबाट टाढा प्रहार गरे ।

२२औं मिनेटमा बिनोङको थ्रु पासमा सर्ज सङ पुग्न सकेनन् । २४औं मिनेटमा एनकेन्गवे जुनियरको क्रसमा हिसुबले बल नियन्त्रणमा लिन खोज्दा मौका खेर फाले ।

२६औं मिनेटमा काठमाडौंले बललाई जाली चुमाएको थियो । तर असिस्टेन्ट रेफ्रीले अफसाइड दिएपछि गोल भने मान्य भएन । हिसुब थपलियाको क्रसमा किंगे ओलिभिएरको हेडर बुटवल डिफेन्डर अर्नेस्ट टाम्पीको मुखमा लागेर शोख्ररुख सामु पुगेको थियो र उनले बल पोस्टमा छिराएका थिए । तर उनलाई रेफ्रीले विवादास्पद अफसाइडको निर्णय दिए ।

२९औं मिनेटमा भने बुटवलले अग्रता लियो । सरोज तामाङको क्रस काठमाडौं गोलरक्षक अभिषेक बरालले राम्ररी पन्च गर्न नसकेपछि बक्स भित्र आशिष लामा र जिलेस्पीलाई मौका सृजना भएको थियो । तर तालमेल नमिलेपछि दुवैले राम्ररी बलमा प्रहार गर्न सकेनन् र बल बिनोङ सामु पुग्यो । उनको पहिलो प्रहार कुलदीप कार्कीले गोल लाईन बाट क्लियर गरेपनि दोस्रो पटकमा भने बिनोङको खुट्टामा लागेर बल गोल पोस्ट भित्र जान पुग्यो । यो उनको बुटवलका लागि सिजनको तेस्रो गोल हो ।

३५औं मिनेटमा काठमाडौं बराबरी गर्नबाट चुक्यो । एनकेन्गवेको क्रसमा हिसुब थपलियाले बक्स भित्रबाट गरेको प्रहार पोस्टको माथिबाट बाहिरियो ।

३८औं मिनेटमा बुटवल गोलरक्षक मोहम्मडुले हास्यास्पद बचाउ गरे । तोजीदिनोभको फ्रिकिक उनले समात्ने क्रममा पोस्टको माथि फालेका थिए । ४५औं मिनेटमा बुटवल अग्रता दोब्बर गर्नबाट केही सेन्टिमिटरले चुक्यो । एरिक विष्टको फ्रिकिक क्रसबारमा लागेर फर्किदा बुटवलले अग्रता लिन सकेन ।

थपिएको समयमा काठमाडौँले बराबरी गर्ने अर्को मौका खेरा फाल्यो । हिसुबको क्रसमा आन्द्रेस नियाले बक्स भित्र बल नियन्त्रणमा लिएर पोस्टको थोरै टाढा प्रहार गर्न पुगे ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.