default_image

9 months ago

December 9, 2023

धनगढी र इलामको रोमान्चक बराबरी

821 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम डे मेची एफसीले अंक बाँडेका छन् ।

इलामले पहिलो हाफमा २-० को अग्रता लिएपनि दोस्रो हाफमा त्यसलाई जोगाउन नसक्दा खेल २-२ को बराबरीमा सकियो । धनगढीले पहिलो हाफमा राम्रो प्रदर्शन गरेपनि अन्त्यतिर लगातार दुई गोल खाँदा मध्यान्तरमा २-० ले पछि थियो । दोस्रो हाफको सुरुवात इलामले राम्रो गरेपनि गोल थप्न सकेन । त्यसपछि धनगढीले खेलमा पकड जमाउँदै लगातार दुई गोल गर्यो ।

इलामले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन र पहिलो बराबरी खेल्यो । धनगढी भने लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको हो । धनगढीको ४ खेलमा ८ अंकसाथ शीर्षस्थानमा छ । इलामले भने ५ खेलमा ४ अंक जोडेको छ ।

इलामले रक्षापंक्तिमा दुई जना महत्वपूर्ण खेलाडीको बिना मैदानमा उत्रिएको थियो । डिफेन्डर आशिष गुरुङ तीन पहिलो कार्डका साथ निलम्बनका कारण खेलेका छैनन् भने गोलरक्षक तथा कप्तान विकेश कुथु चोटका कारण मैदान बाहिर थिए ।

इलामका मिडफिल्डर अब्दुलाए बाले चोटका कारण चौथो मिनेटमै मैदान छाडेका थिए । १३औं मिनेटमा धनगढीका आशिष चौधरीको थ्रु-पास विकेश कुथुको अनुपस्थितिमा खेलेका गोलरक्षक समित श्रेष्ठले गोल लाइन अगाडि आएर समाते ।

१४औं मिनेटमा धनगढीका अहमद हिजाजी वान अन वान अवसरमा बिना कुनै सम्पर्क लड्न पुगे । १९औं मिनेटमा हिजाजीको ले- अफमा साइमन लिम्बुको बक्स बाहिरबाट लिएको प्रहार पोस्टको माथिबाट बाहिरियो ।

२२औं मिनेटमा धनगढीका फोडे फोफानाको क्रस इब्राहीम जितेले क्लियर गरे । २३औं मिनेटमा आशिष चौधरीको पासमा रोहन कार्कीले बक्स बाहिर बल नियन्त्रणमा लिएर बक्स भित्र गएर गरेको प्रहार सुमितले राम्रो बचाउ गरे । २५औं मिनेटमा फोफानाको क्रसले आफ्नो सहकर्मी भेटाउन सकेन ।

२९औं मिनेटमा इब्राहीमको फ्रि-किक धनगढी गोलरक्षक मोहम्मद ताहाले पोस्टको माथि फालिदिए । ३०औं मिनेटमा ओमार थिओमको प्रहार ताहाले सहजै समाते । ३४औं मिनेटमा आशिष चौधरीको क्रस विमल पाण्डेले क्लियर गरिदिए । ३७औं मिनेटमा अमाथ एनडवको प्रहारले पनि ताहालाई दुःख दिन सकेन ।

४५औं मिनेटमा भने इलामले खेलमा अग्रता लियो । एनडवको क्रसमा फोडे कामाराले सिक्स यार्ड बक्स भित्र बाट सहजै गोल गर्दै अग्रता दिलाए ।

थपिएको समयको दोस्रो मिनेटमा इलामले अग्रता दोब्बर बनायो । मोहम्मद ताहाले कर्नर किक फुस्काएपछि थिओमले ट्याप इन गर्दै खेलमा अग्रता दोब्बर बनाए ।

४७औं मिनेटमा सुरज बस्नेतको क्रस ताहाले फुस्काएपनी कुनै खतरा रहेन । ४९औं मिनेटमा भरत खवासको प्रहार ताहाले फुस्काएनन् । ५३औं मिनेटमा धनगढीका रन्दीप पौडेलको क्रस समितले पन्च गरिदिए । ५४औं मिनेटमा कमाराले बक्स बाहिरबाट गरेको प्रहार पोस्टको दिशामा गएन ।

५५औं मिनेटमा कमल श्रेष्ठको क्रस आशिष चौधरीको हेडर पासपछि फोडे फोफानाले गरेको प्रहार समितले बचाए । रिबाउन्डमा पनि हिजाजीको प्रहार उनले समाते । त्यसपछि अर्कोतर्फ काउन्टरमा इलाम अर्को गोल गर्नबाट चुक्यो । एनडवको पासमा कमाराको प्रहारमा ताहा पोस्ट भित्र गइसकेका ताहाले आफ्नो खुट्टाले बचाउन पुगे ।

७१औं मिनेटमा रोहन कार्कीको प्रहार पुनः समितले बचाए । ७७औं मिनेटमा धनगढीले खेलमा ओलावाले अफिजलाई मैदान भित्र्यायो र खेलमा पटक पटक गल्ती गरिरहेका ताहालाई पनि टिकेन्द्र थापाले प्रतिस्थापन गरे ।

८३औं मिनेटमा इब्राहिमको फ्रिकिक पोस्टको केही माथिबाट बाहिरियो । त्यसको अर्कोतर्फ सोही मिनेटमा धनगढीले बराबरी गोल गर्यो ।

फोफानाको क्रसमा ओलावालेले आएको मार्कर बिट गर्दै सुन्दर हेडर गोल गर्दै खेल बराबरीमा ल्याए । थपिएको समयको चौथो मिनेटमा ओलावालेले बक्स बाहिरबाट गरेको प्रहार समितले सहजै समाते ।

खेलको अन्तिम समयमा धनगढीको विजयी गोलमा क्रसबार बाधक बन्यो । रामचन्द्र वाजीको प्रहार क्रसबारमा लागेर फर्कंदा धनगढी जितबाट बन्चित भएको थियो ।

आज हुने दोस्रो खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र बुटवल लुम्बिनी फुटबल क्लब खेल्नेछन् । खेल साँझ ५ बजे दशरथ रंगशालामा नै हुनेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.