default_image

9 months ago

December 9, 2023

इलामलाई पहिलो हाफमै दुई गोलको अग्रता

797 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हाफको अन्तिम समयमा दुई गोल गर्दै स्पोर्टिङ्ग इलाम एफसिले धनगढी एफसी विरुद्ध मध्यान्तर सम्म २-० को अग्रता बनाएको छ ।

धेरै अवसर सिर्जना नभएको खेलमा इलामले अन्त्य तर्फ दुई गोल गर्दै खेलमा बलियो अग्रता बनाएको छ । इलामले रक्षापंक्तिमा दुई जना महत्वपूर्ण खेलाडीको बिना मैदानमा उत्रिएको छ । डिफेन्डर आशिष गुरुङ तीन पहिलो कार्डका साथ निलम्बनका कारण खेलेका छैनन् भने गोलरक्षक तथा कप्तान विकेश कुथु चोटका कारण मैदान बाहिर छन् ।

इलामका मिडफिल्डर अब्दुलाए बाले चोटका कारण चौथो मिनेटमै मैदान छाडेका थिए । १३औं मिनेटमा धनगढीका आशिष चौधरीको थ्रु-पास विकेश कुथुको अनुपस्थितिमा खेलेका गोलरक्षक समित श्रेष्ठले गोल लाइन अगाडि आएर समाते ।

१४औं मिनेटमा धनगढीका अहमद हिजाजी वान अन वान अवसरमा बिना कुनै सम्पर्क लड्न पुगे । १९औं मिनेटमा हिजाजीको ले- अफमा साइमन लिम्बुको बक्स बाहिरबाट लिएको प्रहार पोस्टको माथिबाट बाहिरियो ।

२२औं मिनेटमा धनगढीका फोडे फोफानाको क्रस इब्राहीम जितेले क्लियर गरे । २३औं मिनेटमा आशिष चौधरीको पासमा रोहन कार्कीले बक्स बाहिर बल नियन्त्रणमा लिएर बक्स भित्र गएर गरेको प्रहार सुमितले राम्रो बचाउ गरे । २५औं मिनेटमा फोफानाको क्रसले आफ्नो सहकर्मी भेटाउन सकेन ।

२९औं मिनेटमा इब्राहीमको फ्रि-किक धनगढी गोलरक्षक मोहम्मद ताहाले पोस्टको माथि फालिदिए । ३०औं मिनेटमा ओमार थिओमको प्रहार ताहाले सहजै समाते । ३४औं मिनेटमा आशिष चौधरीको क्रस विमल पाण्डेले क्लियर गरिदिए । ३७औं मिनेटमा अमाथ एनडवको प्रहारले पनि ताहालाई दुःख दिन सकेन ।

४५औं मिनेटमा भने इलामले खेलमा अग्रता लियो । एनडवको क्रसमा फोडे कामाराले सिक्स यार्ड बक्स भित्र बाट सहजै गोल गर्दै अग्रता दिलाए ।

थपिएको समयको दोस्रो मिनेटमा इलामले अग्रता दोब्बर बनायो । मोहम्मद ताहाले कर्नर किक फुस्काएपछि थिओमले ट्याप इन गर्दै खेलमा अग्रता दोब्बर बनाए ।

इलाम चार खेलमा तीन अंकका साथ सातौं स्थानमा छ भने आज जित साथ तेस्रो स्थान सम्म उक्लन सक्ने सम्भावना रहेको छ । यस खेल अघि अपराजित धनगढी भने तीन खेलमा सात अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.