default_image

10 months ago

December 8, 2023

सेथुको बराबरीमा एन्जिला प्लेयर अफ द म्याच

754 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय महिला लिग २०२३-२४ को उद्घाटन खेलमा गोकुलम केरला एफसीसँगको सेथु एफसीको गोलरहित बराबरीमा नेपाली राष्ट्रिय टोलीकी एन्जिला तुम्बापो सुब्बाले प्लेयर अफ द म्याचको प्रदर्शन गरेकी छन् ।

सेथुसँग लगातार दोस्रो सिजन भारतीय महिला लिगमा खेलिरहेकी एन्जिलाले आज साविक विजेता विरुद्ध क्लिन सिट राखेकी हुन् । नेपाल राष्ट्रिय टिमकी डिफेन्डर गीता राना पनि यो सिजन सेथुसँगै छिन् । गीताले पनि पूरा ९० मिनेट खेल्दै सेथुको क्लिन सिटमा सहयोग गरिन् ।

यसपटक इन्डियन वुमन्स लिगमा ६ नेपाली खेलाडी खेल्दैछन् । फरवार्ड रश्मीकुमारी घिसिङ र मिडफिल्डर अमृता जैसीले स्पोर्ट्स ओडिसाबाट खेल्नेछन् । मिडफिल्डरद्वय दिपा शाही र प्रिती राईले किकस्टार्ट एफसीबाट खेल्दैछन् ।

प्रितीले गत सिजन नै लिग खेल्ने भनेपनि चोटका कारण सहभागी हुन पाएकी थिइनन् । दिपाले भने उमेर नपुगेका कारण व्यावसयिक सम्झौता गर्न नपाउँदा लर्ड्स एफएबाट खेल्न पाएकी थिइनन् ।

किकस्टार्ट एफसीले भोली शनिबार आफ्नो लिग अभियान सुरु गर्न होप्स एफसी सँग खेल्नेछ। खेल नेपाली समय अनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ । स्पोर्ट्स ओडिशाले आइतबार इस्ट बंगाल एफसीसँग खेल्नेछ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.