default_image

9 months ago

December 8, 2023

बुद्धशान्ति र अर्जुनधारा झापा लिगको फाइनलमा

253 views

0 Bookmark

हिमाल खरेल,भद्रपुर
बुद्धशान्ति गाउँपालिका र अर्जुनधारा नगरपालिकाबीच ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्तिले पहिलो सेमिफाइनलमा झापा गाउँपालिकामाथि ५-१ को शानदार जित दर्ता गरेको हो । योसँगै जारी प्रतियोगितामा बुद्धशान्तिका बबिनको व्यक्तिगत १२ गोल भएको छ । उनले तीन खेलमा समान ४ गोल गरेका थिए ।
शुक्रबार खेलको २९ औं, ४३ औं र ६४ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका बबिनले अर्को गोल ७५ औं मिनेटमा गरेका थिए । बुद्धशान्तिले एक गोल उपहारस्वरुप पाएको थियो । झापाका लागि ४० औँ मिनेटमा अनिश खड्काले सान्त्वना गोल फर्काएका थिए ।

खेलको प्लेयर अफ दि म्याच बुद्धशान्तिका बबिन बोहोरा भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्ले, समाजसेवी गंगाप्रसाद ओलीलगायतले २ हजार रुपैयाँ र ट्रफी प्रदान गरे ।

दिनको अर्को सेमिफाइनलमा अर्जुनधाराले मेचीनगर नगरपालिकालाई ३–१ले हराएको हो । खेलको पहिलो हाफमा दुबै पालिकाबीच कडा प्रतिस्पर्धा भएको थियो ।
दोस्रो हाफमा अर्जुनधाराले मेचीनगरलाई दबाबमा राखेको थियो । खेलको सुरुवाती अग्रता मेचीनगरले लिए पनि नतिजा उल्टाउँदै अर्जुनधारा फाइनल प्रवेश गरेको हो ।

खेलको १६ औं मिनेटमा मेचीनगरका रिक्की श्रेष्ठले गोल गरेका थिए । ३९ औं मिनेटमा अर्जुनधाराका निखिल तामाङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
त्यस्तै, अर्जुनधाराका लागि खेलको ५२ औं र ७१ औं मिनेटमा राजेश दाहालले गोल गर्दै जित निश्चित बनाए ।

खेलको प्लेयर अफ दि म्याच अर्जुनधाराका राजेश दाहाल भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन, समाजसेवी गंगाप्रसाद ओली लगायतले २ हजार रुपैयाँ र ट्रफी प्रदान गरे ।

झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेल बुद्धशान्ति र अर्जुनधाराबीच मंसिर २४ गते दिउँसो २ बजे हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ३ लाख, ट्रफी, मेडल र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ ट्रफी, मेडल प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट गोल किपर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले समान ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । 

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.