default_image

9 months ago

December 7, 2023

बुटवलले चितवनको जित खोस्यो

1582 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयमा स्टेफन बिनोङले गोल गर्दा बुटवल लुम्बिनी फुटबल क्लबले नेपाल सुपर लिग २ मा फुटबल क्लब चितवनलाई जितबाट बन्चित गरेको छ । लिगमा लगातार दोस्रो जितको संघारमा पुगेको चितवन १-१ को बराबरीमा रोकियो ।

दशरथ रंगशालामा गोलरहित पहिलो हाफपछि दोस्रो हाफमा पनि दुवै टोलीले आक्रामक फुटबल पस्कन सकेनन् । चितवनले बल पोसेसन अधिकांश समय आफ्नो पक्षमा राख्दै आक्रमण बुन्ने प्रयास भने गरिरह्यो । बुटवलका गोलरक्षक ममडुको गल्तीमा उत्सव राईले फाइदा उठाउँदै चितवनलाई अग्रता दिलाए ।

जितको नजिक पुगेको चितवन इन्ज्युरी समयमा अग्रता गुमाउन पुग्यो । गोलरक्षक र डिफेन्सबीच पेनाल्टी क्षेत्रभित्र राम्रो समन्वय नहुँदा बिनोङले बराबरी गोल गर्ने अवसरको सदुपयोग गरे । यससँगै चितवनको ४ खेलमा ५ अंक छ भने बुटवलको ४ खेलमा ४ अंक छ ।

पहिलो मिनेटमै चितवनका उत्सव राईले बक्सको छेउबाट लिएको प्रहारमा गती र दिशा दुवै थिएन । छैठौं मिनेटमा चितवनकै रोशन राना मगरले बक्स बाहिर बाट लिएको प्रहार पोस्टको धेरै टाढाबाट बाहिरियो ।

१५औं मिनेटमा चितवनका टोरिक जेब्रिनको कर्नर बुटवल गोलरक्षक मोहम्मडूले पन्च गरिदिए । १९औं मिनेटमा चितवनकै अफ्रिए अक्वाहको फ्रिकिकले बुटवललाई समस्या दिन सकेन । सोही फ्रि-किक पछिको काउन्टर अट्याकमा स्टेफन बिनोङको प्रहार चितवनका कप्तान तथा गोलरक्षक विशाल श्रेष्ठले सहजै समाते ।

२३औं मिनेटमा विमल घर्ती मगरको प्रहार पनि पोस्ट तर्फ जान सकेन । २८औं मिनेटमा टोरिकको प्रहार बक्समा ब्लक हुन पुग्यो । ३७औं मिनेटमा टोरिक बक्समा लड्दा पेनाल्टीको अपील गरेका थिए तर रेफ्रीले प्रज्वल क्षेत्रीले पेनाल्टी दिएनन् । ४०औं मिनेटमा रफिक अमिनुले बक्स भित्र बाट पोस्टको माथि प्रहार गरे ।

४२औं मिनेटमा विमलले ठूलो मौका खेरा फाले । बक्सको दायाँतर्फ अमिनुले दिएको थ्रु-पासमा मोहम्मडुलाई चिप गर्न खोज्दा विमलको प्रहार पोस्टको माथिबाट बाहिरियो ।

४७औं मिनेटमा अफ्रिएको थ्रु- पासमा अमिनुले खेलेको क्रसमा एकराज बुढाथोकीले चाहेजस्तो संपर्क बनाउन सकेनन् । सोही मिनेटमा विमलको अर्को थ्रु पासमा अमिनु पुग्न सकेनन् ।

४८औं मिनेटमा चितवनले खेलमा अग्रता लियो । अमिनुको क्रस सिधै मोहम्मडुको हातमा पुगेपछि बुटवल गोलरक्षकले खेल्न खोजेको लामो पास सिधै उत्सव राईको खुट्टामा पुग्यो । उत्सवले किपर पोस्टमा नभएको अवसरमा भली प्रहार गर्दा मोहम्मडु पोस्टमा पुगिसकेका थिए । तर सही आँकलन गर्न नसक्दा उनले सो बल फुस्काउन पुगे र बलले जालि चुम्यो ।

५३औं मिनेटमा बिनोङको प्रहार पुनः विशालले सहजै बचाए । ६३औं मिनेटमा उनले नै अर्को मौका खेरा फाले । एरीक विष्टको कर्नर बिनोङको खुट्टामा पुगेपछि उनले गरेको प्रहार पोस्टको केही टाढाबाट बाहिरिएको थियो ।

७८औं मिनेटमा टोरीकको प्रहार मोहम्मडुले फुस्काएपनि कुनै खतरा रहेन । अर्को तर्फ काउन्टर अट्याकमा जिलेस्पी जंग कार्कीको पासमा एरिकको प्रहार पोस्टको केही माथिबाट बाहिरियो ।

८३औं मिनेटमा बिनोङले बराबरी गर्ने ठूलो अवसर खेरा फाले । उनले निरञ्जन धामीका लागि खेलेको थ्रु-पास कसैले क्लियर गर्न नसकेपछि प्रहार गर्न उनी आफै पुगेका थिए । गोलरक्षक बिट भइसकेको अवस्थामा उनले खाली पोस्टमा गरेको प्रहार बाहिर जान पुग्यो । ८९औं मिनेटमा बुटवलका सर्ज सङ्गले बक्स बाहिरबाट लिएको प्रहार पोस्टको केही टाढाबाट बाहिरिन पुग्यो ।

तर थपिएको समयको पहिलो मिनेटमा अन्ततः बुटवलले खेलमा बराबरी गोल गर्यो । मणि कुमार लामाले खेलेको लामो पासमा विशाल श्रेष्ठ, मार्को इभानोभिच र छिरिङ गुरुङको तालमेल नमिल्दा गोल हुन् पुग्यो । तीनै खेलाडी बल क्लिअर गर्न एक अर्कालाई कुर्दा बिनोङले मौकाको फाइदा उठाउँदै खाली पोस्टमा गोल गर्न सफल भए ।

लिग अन्तर्गत शुक्रबार वीरगन्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबीच खेल हुनेछ । दशरथ रंगशालामा खेल साँझ ५ बजे सुरु हुनेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.