default_image

9 months ago

December 7, 2023

बिर्तामोड किराँत गोल्डकपको फाइनलमा

625 views

0 Bookmark

दिपक बोहरा , पाँचथर
झापाको बिर्तामोड युनाइटेट क्लब पाँचथरमा जारी किराँत गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

फिदिम माविको खेलमैदानमा बिहिबार ताप्लेजुङको कर्ण सिंह सोनाम स्मृति क्लबलाई २-१ ले पराजित गर्दै बिर्तामोड फाइनल पुगेको हो।

१-० ले पछि परेको खेल उल्टाउँदै बिर्तामोड फाइनल पुगेको हो । बिर्तामोडले शनिबार उपाधिका लागि डाँगीहाटसँग प्रतिस्पर्धा गर्ने छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा कर्ण सिंह निराश बन्यो । बिर्तामोड विरुद्ध आक्रामक रूपमा प्रस्तुत भएको टोलीले खेलको आठौं मिनेटमा अग्रता लिएको थियो । रक्षापङ्तीको कमजोरीको फाइदा उठाउँदै दिपेश लिम्बुले गोल गरेका थिए ।

३० औं मिनेटमा बिर्तामोडले पेनाल्टी मार्फत गोल गर्दै खेलमा बराबरी गर्‍यो । ताप्लेजुङका डिफ्रेन्डले बल क्लियर गर्ने क्रममा ह्यान्ड भएपछि बिर्तामोडले पेलान्टी पाएको थियो । पेलान्टीमा रोमन भुजेलले गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा प्रदिप बुढाथोकीले गोल गरेपछि खेलमा बिर्तामोडले अग्रता लिएको थियो। योगेश गुरुङले मैदानको मध्यभागबाट दिएको पासलाई सदुपयोग गर्दै प्रदीपले गोल गरेका हुन् ।

दोस्रो हाफमा कर्ण सिंहले लगातार आक्रमण गरे पनि बराबरी गोल फर्काउन सकेन । पहिलो हाफको १५ औंमिनेटमा कर्ण सिंहका दिपेशले गोलको अवसर सदुपयोग गर्न सकेनन्। उनी झापाका गोलकिपर सन्दीप लिम्बु सँग वान-भर्सेज-वानको अवस्थामा चुक्दा ताप्लेजुङ निराश बन्न पुग्यो ।

खेलको अन्त्यतिर ताप्लेजुङका मनजित याङदेनको शक्तिशाली प्रहार झापाका गोलरक्षकले मुस्किलले पञ्च गरेका थिए । म्यान अफ दी म्याच झापाका प्रदिप बुढाथोक बने । उनले ५ हजार रुपैयाँ प्राप्त गरे।

मंसिर २३ गते फाइनल हुने प्रतियोगिततको विजेताले ४ लाख ४ हजार ४ सय ४४ र दोस्रो टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछ ।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.