default_image

9 months ago

December 7, 2023

नेपालका ६ खेलाडीले भारतीय महिला लिग खेल्ने

1492 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय महिला फुटबल टोलीका ६ खेलाडीले भारतीय महिला लिगमा ३ फरक क्लबबाट खेल्ने भएका छन् ।

भारतीय महिला लिगको २०२३-२४ सिजन डिसेम्बर ८ अर्थात् भोलीदेखि सुरु हुँदैछ । यस लिगको पछिल्लो ६ सिजन नै एक सहरमा खेलाइएको थियो । गत सिजन १४ टोली खेलेकोमा यस पटक भने सात टोली मात्र खेल्नेछन् । पहिलो पटक होम एण्ड अवे ढांचामा डबल राउण्ड रोबिन लिग खेलाइने छ ।

गोकुलम केरलाले गत तीन संस्करणको लिग जितेको छ । गत तीन सिजन नै अपराजित रहेको गोकुलमले २९ खेल मध्य २७ खेल जितेको छ । गत सिजन नेपाली फरवार्ड सावित्रा भण्डारीले २९ गोल गर्दै कीर्तिमान बनाएकी थिइन् ।

मिडफिल्डरद्वय दिपा शाही र प्रिती राईले किकस्टार्ट एफसीबाट खेल्दैछन् । दुवै खेलाडी विहीबार भारत प्रस्थान गरेका छन् ।प्रितीले गत सिजन नै लिग खेल्ने भनेपनि चोटका कारण सहभागी हुन पाएकी थिइनन् । दिपाले भने उमेर नपुगेका कारण व्यावसयिक सम्झौता गर्न नपाउँदा लर्ड्स एफएबाट खेल्न पाएकी थिइनन् ।

यस सिजन ६ जना नेपाली खेलाडीले भारतमा खेल्ने छन् । नेपाली राष्ट्रिय टोलीकी कप्तान तथा गोलरक्षक एन्जीला तुम्बापो सुब्बा र रक्षक गीता राना सेथु एफसी बाट खेल्दैछन् । दुवै खेलाडी केहि दिन अघि भारत पुगेका छन् । फरवार्ड रश्मीकुमारी घिसिङ र मिडफिल्डर अमृता जैसीले स्पोर्ट्स ओडिसाबाट खेल्नेछन् ।

गत सिजन पनि ६ जना नेपालीले भारतको लिग खेलेका थिए । सावित्राको टोली च्याम्पियन बन्दा सरु लिम्बू र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट दोस्रो भएको थियो । यसपटक चोटका कारण दुवै रेनुका र सरु मैदानबाहिर छन् । गत सिजन खेलेका रेखा पौडेल र अनिता बस्नेत हालसम्म कुनै टोलीमा छैनन् । सावित्रा इजरायली क्लब हापोएल रानानासँग आवद्ध छिन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.