default_image

11 months ago

December 7, 2023

पहिलो हाफमा चितवन र बुटवल गोलरहित

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा एफसी चितवन र बुटवल लुम्बिनी एफसीले गोलरहित पहिलो हाफ खेलेका छन् ।

पहिलो हाफको अवधिभर स्पष्ट मौकाहरु दुवै टोलीले बनाउन सकेका छैनन् । पहिलो हाफको अवधिभर दुवै टोलीले स्पष्ट अवसर सिर्जना गर्न सकेका छैनन् । तुलनात्मक रुपमा आक्रमणको धेरै प्रयास भने चितवनले नै गरेको छ ।

पहिलो मिनेटमै चितवनका उत्सव राईले बक्सको छेउबाट लिएको प्रहारमा गती र दिशा दुवै थिएन । छैठौं मिनेटमा चितवनकै रोशन राना मगरले बक्स बाहिर बाट लिएको प्रहार पोस्टको धेरै टाढाबाट बाहिरियो ।

१५औं मिनेटमा चितवनका टोरिक जेब्रिनको कर्नर बुटवल गोलरक्षक मोहम्मडूले पन्च गरिदिए । १९औं मिनेटमा चितवनकै अफ्रिए अक्वाहको फ्रिकिकले बुटवललाई समस्या दिन सकेन । सोही फ्रि-किक पछिको काउन्टर अट्याकमा स्टेफन बिनोङको प्रहार चितवनका कप्तान तथा गोलरक्षक विशाल श्रेष्ठले सहजै समाते ।

२३औं मिनेटमा विमल घर्ती मगरको प्रहार पनि पोस्ट तर्फ जान सकेन । २८औं मिनेटमा टोरिकको प्रहार बक्समा ब्लक हुन पुग्यो । ३७औं मिनेटमा टोरिक बक्समा लड्दा पेनाल्टीको अपील गरेका थिए तर रेफ्रीले प्रज्वल क्षेत्रीले पेनाल्टी दिएनन् । ४०औं मिनेटमा रफिक अमिनुले बक्स भित्र बाट पोस्टको माथि प्रहार गरे ।

४२औं मिनेटमा विमलले ठूलो मौका खेरा फाले । बक्सको दायाँतर्फ अमिनुले दिएको थ्रु-पासमा मोहम्मडुलाई चिप गर्न खोज्दा विमलको प्रहार पोस्टको माथिबाट बाहिरियो ।

चितवन तीन खेलमा एक जित, एक हार र एक बराबरी सहित चार अंक बटुल्दै पाँचौं स्थानमा छ । बुटवल भने समान तीन खेलमा एक जित र दुई हार सहित तीन अंक जोड्दै छैठौं स्थानमा छ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.