default_image

9 months ago

December 6, 2023

डाँगीहाट किराँत गोल्डकपको फाइनलमा

266 views

0 Bookmark

दिपक बोहरा, पाँचथर

डाँगीहाट फुटबल क्लब मोरङ पाँचथरमा जारी प्रथम किराँत गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

आयोजक पाँचथर फुटबल क्लबलाई बुधबार टाइब्रेकरमा हराउदै डाँगीहाट उपाधि नजिक पुगेको हो । फिदिम माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा निर्धारित ८० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा डाँगीहाट ४–१ ले विजयी भएको थियो । टाइब्रेकरमा डाँगीहाटका उमेश कार्की,उमेश राई,सञ्जय धिमाल र अभिषेक लिम्बुले गोल गरे । पाँचथरका अशिम राई मात्र गोल गर्न सफल भए ।

पाँचथरका रोशन आङदेम्बेको प्रहार बाहिरियो भने प्रकाश धमलाको प्रहार मोरङका गोलगोलकिरले रोके । विजयी टोलीका प्रमिजय गच्छेदार म्यान अफ दी म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।

डाँगीहाटले कर्ण सिंह सोनाम स्मृति क्लब र बिर्तामोड युनाइटेडबीचको विजेतासँग फाइनल खेल्नेछ । कर्ण सिंह र विर्तामोडबीचको खेल बिहीबार हुनेछ । फाइनल शनिबार हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र दोस्रो हुने टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.