default_image

1 year ago

December 6, 2023

इलामलाई हराउँदै पोखरा शीर्ष स्थानमा उक्लियो

2074 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्सले दोस्रो संस्करणको नेपाल सुपर लिगमा स्पोर्टिङ्ग इलाम एफसीमाथि जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पोखराले इलामलाई १-० गोलले हराउँदै ८ अंकका साथ शीर्षस्थानमा उक्लिएको होा । पोखराको जितमा सन्जीव विष्टले दोस्रो हाफको ४७ औं मिनेटमा गरेको गोल नै जितको लागि पर्याप्त भयो ।

दोस्रो हाफको सुरुवातमै इलाम गोल खानबाट बच्यो। सन्जीव विष्टको पासमा मोसेस ग्याबाले गरेको प्रहार पोस्टमा लागेर भुइँमा रहेका विकेश कुथुलाई लागेर गोल लाइन हुँदै पोस्टको अर्कोतर्फ पुगेको थियो।

तर अर्को मिनेटमा भने पोखराले अग्रता लिन सफल भयो। आयुष घलानको कर्नर किक थिओमले क्लियर गर्न नसकेर एनडवलाई लागेपछि सन्जीव विष्टले बललाई पोस्टको दिशा देखाएका थिए । त्यो गोल नै जितको लागि पर्याप्त बन्यो ।

सुरुवाती समयदेखि नै पोखरालाई दबाबमा राखेको पूर्वेली टोली इलामले पहिलो हाफलमा गोल भने गर्न सकेन । उता पोखराले भने खेलमा अवसर सृजना गर्न पहिलो हाफको आधा समय कुर्नु परेको थियो ।

चौथो मिनेटमा इलामका ओमार थिओमको लङ९रेन्ज प्रहारले पोस्टको दिशा लिएन । छैठौं मिनेटमा इलामले गोल गर्ने राम्रो मौका गुमाएको थियो । इब्राहीम जितेको क्रसमा थिओमको हेडर पोस्टको माथिबाट बाहिरिएको थियो ।

अर्को मिनेटमा इब्राहीमकै क्रस एन्जल महर्जनले क्लियर गरे । १३औं मिनेटमा फोडे कमाराको क्रस पोस्टको छेउबाट बाहिरियो। २०औं मिनेटमा आएर पोखराले खेलमा पहिलो अवसर सृजना गरेको थियो । तर दिपेश आले मगरको क्रसमा स्टेफन अन्नोरले हेडर प्रहार गर्न सकेनन् ।

२३औं मिनेटमा इब्राहीमको फ्रिकिक प्रहार पोखराका गोलरक्षक यभ्स प्रिसोले सहजै समाते। ३०औं मिनेटमा इलामले ठूलो मौका खेरा फाल्यो। अमाथ एनडवको थ्रु९पासमा कमाराले गरेको प्रहार प्रिसोले बचाएका थिए । ३६औं मिनेटमा पोखराका सुरज जिउ ठकुरीको क्रस सुरज बस्नेतले क्लियर गरेका थिए ।

थपिएको समयमा थिओमको बक्स बाहिरबाट लिएको प्रहार सिधै प्रिसोको हातमा जन पुग्योको थियो । पहिलो हाफमा गोल हुन सकेन । तर दोस्रो हाफको सुरुवातमा पोखराले थप आक्रामण फुटबल खेलेको थियो । सुरुवातै गोल गरेपछि पोखरा हाबी बनेको थियो ।

त्यसपछि भने पहिलो हाफ कै स्तिथि दोहोरियो र इलामले दबाब सृजना गर्न थाल्यो। ५५औं मिनेटमा नवीन लामाले एनडवलाई दिएको थ्रु(पासलाई प्रिसोले गोल लाइन अगाडि आएर समाते ।

५७औं मिनेटमा नवीनले नै लामो दुरुबाट लिएको प्रहारले पोस्टको दिशा लिएन। ६७औं मिनेटमा भने इलामले राम्रो अवसर सृजना गर्यो। एनडवको क्रसमा विमल पाण्डेले फार पोस्टमा पाएको फ्रि हेडर अवसरमा बललाई पोस्टको दिशा दिन सकेनन्।

७७औं मिनेटमा मोसेसले बक्स बाहिरबाट गरेको प्रहार डिफ्लेक्ट भएर बाहिर जन पुग्यो। ८०औं मिनेटमा कमाराको प्रहार प्रिसोले आफ्नो बायाँतर्फ डाईभ गरेर बचाए। जित हासिल गर्दै अविजित यात्रा कायम गरेको पोखराको चार खेलमा आठ अंक भएको छ। उता इलामको भने चार खेलमा तीन अंक मात्र रहेको छ।

भोलि हुने खेलमा एफसी चितवनले बुटवल लुम्बिनी एफसीको सामना गर्ने छ। खेल साँझ ५ बजे दशरथ रंगशालामा हुने छ।

February 7, 2025

‘बी’ डिभिजन लिग ३ महिना चल्ने

काठमाडौं (हाम्रो खेलकुद)- तीन वर्षपछि हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिग ३ महिना लामो हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २५ गते सुरु हुने लिगको शुक्रवार खेल तालिका सार्वजनिक गरेको छ। उद्घाटन खेल च्यासल युथ क्लब र वीरगन्ज युनाइटेडविच हुनेछ। लिगमा १४ टोलीले एक अर्काबिच एकपटक खेल्नेछन्। २०८१ जेठ २५ […]

February 7, 2025

नव ज्योति च्यालेन्ज कप – न्यु स्टार फाइनलमा

हिमाल खरेल,बिर्तामोड मिलन राईको ह्याट्रिक मद्दतमा सुनसरीको न्यु स्टार एफसी झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लबलाई ४-१ गोल अन्तरले हराउँदै न्यु स्टार उपाधिनजिक पुगेको हो । मिलनले ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ […]

February 7, 2025

संकटालाई हराउँदै थन्डरबोल्ट आहा राराको क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेड २४ औं आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। दुई पटकको विजेता संकटा क्लबलाई शुक्रवार ३-१ ले हराउँदै थन्डरबोल्ट अन्तिम आठमा पुगेको हो। माघ १७ गरे काठमाडौंमा सभापति कप जितेको संकटाले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाट बाहिरिएको छ। मनिष पौडेलको गोलमा संकटाले १६ औं मिनेटमा अग्रता […]

Success

Thank you for your time.