default_image

11 months ago

December 6, 2023

इलाम र पोखरा पहिलो हाफमा गोल गर्न सकेनन्

395 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिगमा स्पोर्टिङ्ग इलाम एफसी र पोखरा थन्डर्सले पहिलो हाफलमा गर्न गर्न नसक्दा गोलरहित बराबरीमा रोकिएको छ ।

सुरुवाती समयदेखि नै पोखरालाई दबाबमा राखेको पूर्वेली टोली इलामले पहिलो हाफलमा गोल भने गर्न सकेन । उता पोखराले भने खेलमा अवसर सृजना गर्न पहिलो हाफको आधा समय कुर्नु परेको थियो ।

चौथो मिनेटमा इलामका ओमार थिओमको लङ-रेन्ज प्रहारले पोस्टको दिशा लिएन । छैठौं मिनेटमा इलामले गोल गर्ने राम्रो मौका गुमाएको थियो । इब्राहीम जितेको क्रसमा थिओमको हेडर पोस्टको माथिबाट बाहिरिएको थियो ।

अर्को मिनेटमा इब्राहीमकै क्रस एन्जल महर्जनले क्लियर गरे । १३औं मिनेटमा फोडे कमाराको क्रस पोस्टको छेउबाट बाहिरियो। २०औं मिनेटमा आएर पोखराले खेलमा पहिलो अवसर सृजना गरेको थियो । तर दिपेश आले मगरको क्रसमा स्टेफन अन्नोरले हेडर प्रहार गर्न सकेनन् ।

२३औं मिनेटमा इब्राहीमको फ्रिकिक प्रहार पोखराका गोलरक्षक यभ्स प्रिसोले सहजै समाते। ३०औं मिनेटमा इलामले ठूलो मौका खेरा फाल्यो। अमाथ एनडवको थ्रु-पासमा कमाराले गरेको प्रहार प्रिसोले बचाएका थिए । ३६औं मिनेटमा पोखराका सुरज जिउ ठकुरीको क्रस सुरज बस्नेतले क्लियर गरेका थिए ।

थपिएको समयमा थिओमको बक्स बाहिरबाट लिएको प्रहार सिधै प्रिसोको हातमा जन पुग्यो। इलाम ३ खेलमा एक जित र दुई हार सहित ३ अंक जोड्दै सातौं स्थानमा छ। पोखरा भने ३ खेलमा एक जित र दुई बराबरी सहित ५ अंक जोड्दै चौथो स्थानमा छ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.