default_image

11 months ago

December 5, 2023

ललितपुरलाई रोक्दै वीरगन्जले पहिलो अंक जोड्यो

855 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वीरगन्ज युनाइटेड फुटबल क्लबले अपराजित ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै नेपाल सुपर लिग २ मा पहिलो अंक जोडेको छ ।

दशरथ रंगशालामा दुवै टोलीले अग्रता गुमाएको खेल २-२ को बराबरीमा सकिएको हो । ललितपुरले लगातार तेस्रो खेलमा बराबरीमा रोकिँदा वीरगन्जले भने तेस्रो खेलमा आएर पहिलो अंक जोड्यो । यससँगै ललितपुरले अंक तालिकाको शीर्षस्थानमा उक्लने अवसर पनि गुमायो ।

वीरगन्जले खेलमा सुरुवाती अग्रता बनाएपनि ललितपुरले लगातार दबाब कायम राख्दै पहिलो हाफमै अग्रता लिन सफल भयो । खेलको पहिलो मिनेटदेखि नै वीरगन्जको डिफेन्समाथि आक्रमण बुनेको ललितपुर काउन्टर अट्याकमा गोल खाँदै पछि परेको थियो । तर निरन्तर आक्रमण कायम राख्दै ललितपुरले लगातार दुई गोल थप्यो ।

दोस्रो हाफमा भने ललितपुरले पहिलो हाफको प्रदर्शनलाई निरन्तरता दिन सकेन । हाफ टाइममा गरेको दुई परिवर्तन वीरगन्जको लागि निर्णायक बन्यो । वैकल्पिक खेलाडी कृपा कान्त महतोले बराबरी गोल फर्काउँदा जय गुरुङले मिडफिल्ड नियन्त्रण गरे ।

तेस्रो मिनेटमा वीरगन्जका सुनिल खड्काको क्रसमा विलियम ओपोकुको हेडर पोस्टको दिशामा गएन । लगत्तै सनिष श्रेष्ठको क्रसमा दिनेश हेन्जनले बक्स भित्रबाट प्रयास गरेको भलीमा चाहेजस्तो सम्पर्क बनाउन सकेनन् ।

पाँचौ मिनेटमा ललितपुरका ओमोलोजा करिमको फ्रिकिक ऐकिन्स बफुरले पोस्तमाथी क्लियर गरिदिए । सोही कर्नरमा अनन्त तामाङको हेडरमा दीप कार्कीले उत्कृष्ट बचाउ गरे ।

१०औं मिनेटमा वीरगन्जले विलियम ओपोकुको गोलमा अग्रता लियो । ओबेड ओसुवुको थ्रु-पास अनन्त तामाङले रोकेपछि ओपोकुले बक्सको छेउ बाट गरेको प्रहारमा ललितपुर गोलरक्षक जेफ्री बाल्टुसले कुनै मौका पाएनन् ।

सुरुवाती गोलको तीन मिनेट पछि नै ललितपुरले खेलमा बराबरी गर्यो । सेसेहाङ आङदेम्बेले मैदानको आफ्नै हाफबाट दिएको लामो पासमा इमोह इजीकीएलले जादजे गुस्टाभोलाई पछि पार्दै वान अन वान अवसरमा दीपलाई छक्याउँदै गोल गरे र खेल बराबरीमा ल्याए ।

१८औं मिनेटमा अनिल महर्जनले लामो दुरीबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । २४औं मिनेटमा इमोह र निखीलले लगातार दुई अवसर पाएका थिए तर दुवै प्रयासले डिफेन्स पार गर्न सकेन ।

२७औं मिनेटमा ललितपुरले अग्रता लियो । यसपटक भने जादजेले गम्भीर गल्ती गर्न पुगे । उनले दिनेशको पास नियन्त्रणमा लिन खोज्दा पेनाल्टी क्षेत्र बाहिर फुस्काएपछि निखिलले वान भर्सेस वान प्रहार गर्ने अवसर पाएका थिए । उनले बक्सको छेउबाट कमजोर दायाँ खुट्टाले गरेको प्रयासले जालि चुमेको थियो ।

३५औं मिनेटमा दिनेशले बक्सको बायाँ पट्टिबाट गरेको पासमा अनिल महर्जनले बलमा सम्पर्क बनाउन सकेनन् । ३७औं मिनेटमा वीरगन्जका भिषण गुरुङको क्रसमा ओसुवुको हेडर पोस्टको माथि बाट बाहिरियो । इन्ज्युरी समयको पहिलो मिनेटमा करीम ओमोलाजाले झन्डै ३० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक दीपले दोस्रो प्रयासमा नियन्त्रण गरे ।

दोस्रो हाफमा दुई खेलाडी भित्र्याएको वीरगन्जले ५२औं मिनेटमा खेलमा बराबरी गोल गर्यो । मैदान छिरेको केहीबेरमै कृपा कान्त महतोले सिनियर करिअरको पहिलो गोल गरे । ओपोकुको ३० यार्ड टाढाबाट लिएको फ्रिकिक क्रसबारमा लागेर फर्किएपछि अनन्त तामाङलाई लागेर कृपाको अगाडी आएपछि उनले सहजै गोल गर्न सफल भए ।

५७औं मिनेटमा वीरगन्जको खेलमा पुनः अग्रता हुनमा पोस्ट बाधक बन्यो । जय गुरुङले बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार पोस्टमा लागेर फर्किएपछि बाल्टुसको हातमै पुग्यो ।

६९औं मिनेटमा सेसेहाङको इमोहको लागि खेलेको थ्रु-पास दीप गोललाईन अगाडि आएर समाते । ७१औं मिनेटमा रोशन पहरीको थ्रु-पासमा पनि दीप अगाडि आएर क्लियर गरे ।

७४औं मिनेटमा सानिश श्रेष्ठको क्रसमा इमोहको सिक्स यार्ड बक्स भित्रबाट लिएको हेडर पोस्टको माथिबाट बाहिरियो । इन्ज्युरी समयको दोस्रो मिनेटमा सनिशको क्रसमा जाद्जेले उत्कृष्ट हेडर क्लिअरेन्स गर्दै गोलको खतरा टारे । अन्तिम मिनेटमा अनन्तको लामो फ्रिकिकमा दीपले दर्शनीय बचाउ गर्दै आफ्नो टोलीको पहिलो अंक पक्का गरे ।

ललितपुरको ४ खेलमा ६ अंक छ । ७ अंक जोडेको धनगढीभन्दा ललितपुर १ अंकले पछि रहँदै दोस्रो स्थानमा छ । वीरगन्ज १ अंकसहित पुछारमा नै रहेको छ ।

खेलको सम्पूर्ण विवरण यहाँ हेर्नुहोस

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.