default_image

9 months ago

December 5, 2023

अंकविहिन वीरगन्जले ललितपुरको सामना गर्दै

406 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत मंगलबार ललितपुर सिटी फुटबल क्लब र वीरगन्ज युनाइटेड फुटबल क्लब खेल्दैछन् ।

दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने खेलमा वीरगन्ज लिगकै पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । सुरुवाती दुवै खेल हरेको वीरगन्जले अपराजित ललितपुर् सिटीको समान गर्दैछ । ललितपुरले पहिलो खेल जितेपछि लगातार दुई बराबरी गरेको छ ।

चोटका कारण पछिल्लो खेलमा राइट ब्याक सनिश श्रेष्ठ र फ्रान्सेली फरवार्ड पापा केवेले ललितपुरका लागि सुरुवात गरेका थिएनन् । चोटका बाबजुद पापाले अन्तिम समयमा मैदान प्रवेश गर्दै राम्रो खेलेपनि गोलरहित बराबरीको नतिजा बदल्न सकेनन् । आजको खेलमा सनिश भने टोलीमा फर्कने सम्भावना छ ।

यता वीरगन्जले अन्तिम समय गोल खाँदा धनगढी र चितवनविरुद्ध हार बेहोर्नुपरेको थियो । टोलीमा सेन्टर मिडफिल्डर अत्यधिक हुँदा सन्तुलन मिल्न सकेको छैन । विदेशी फरवार्डले सोचेजस्तो प्रदर्शन गर्न नसक्दा टोलीले अंक जोड्न सकेको छैन ।

आजको खेलमा जित हासिल गरे ललितपुर अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ । यता वीरगन्ज भने अंक तालिकाको पुछारबाट उक्लने प्रयासमा हुनेछ । तर हालसम्म लिगमा गोल नखाएको एकमात्र टोली ललितपुरविरुद्ध वीरगन्जले संघर्ष गर्ने देखिन्छ ।

वीरगन्जको टोली

ललितपुर सिटीको टोली

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.