default_image

9 months ago

December 4, 2023

झापा र काठमाडौंले अंक बाँडे

647 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत सोमबार भएको खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यस बराबरीले काठमाडौंको ३ खेलमा ५ अंक भएको छ । शीर्षस्थानको धनगढीको ७ तथा ललितपुर र पोखराको समान ५-५ अंक छ । झापा २ अंकसहित आठौं स्थानमा छ ।

पाँचौं मिनेटमा काठमाडौंका प्रशान्त अवस्थीको कर्नरमा तोजीदिनोभ कोमिवनको प्रहार पोस्टको माथिबाट बाहिरियो । सातौं मिनेटमा काठमाडौंकै शोखरूखको फ्रिकिक पोस्टको केही माथिबाट बाहिरियो ।

११औं मिनेटमा कोमिवनको क्रस झापा गोलरक्षक स्टेफन कुपिचले फुस्काएपनी कुनै खतरा भने रहेन । १४औं मिनेटमा कुलदीप कार्कीको क्रसमा हिसुब थपलियाके चाहेजस्तो संपर्क बनाउन सकेन र बल सिधै कुपिचको हातमा पुग्यो ।

१६औं मिनेटमा झापाका समिराज ठोकरले दायाँ फ्लान्कमा एकल रन बनाउँदै काठमाडौंका लेफ्ट ब्याक अमित तामाङलाई बिट गरे तर उनको क्रस भने अन्जन राईले क्लियर गरिदिए ।

१७औं मिनेटमा झापाका लक्ष्मण रूचालको कर्नर अमितले गाेललाइनबाट क्लियर गरे । २०औं मिनेटमा झापाका डिफेन्डर योगेश गुरुङको लामो बलले समिराजलाई बक्समा भेटाउन सकेन ।

२३औं मिनेटमा प्रशान्त अवस्थीको क्रस योगेशले क्लियर गरे । २४औं मिनेटमा कोमिवनको बक्सको छेउबाट लिएको प्रहार सुदिप श्रेष्ठले ब्लक गरे ।

२५औं मिनेटमा कोमिवनको कर्नरमा आन्द्रेस नियाले चाहेजस्तो सम्पर्क लगाउन सकेनन् ।

२८औं मिनेटमा प्रदीप लामाको थ्रु-पासमा जोर्गे सान्चेजले पाएको मौकामा उनको प्रहार सिधै अभिषेक बरालको हातमा पुग्यो। अभिषेकले बल फुस्काउन पुगेपनी समिराजले प्रहार गर्ने क्रममा उनलाई फाउल गरे ।

३०औं मिनेटमा शोखरूखको अर्को फ्रिकीकले पनि पोस्टको दिशा लिन सकेन । ३५औं मिनेटमा समिराजको क्रस सिधै अभिषेकको हातमा पुग्यो । ४२औं मिनेटमा नियाको लामो पासले हिसुबलाई भेट्न सकेन ।

४७औं मिनेटमा समिराजको पासमा सान्चेजले राम्रो मौकाको सदुपयोग गर्न सकेनन् । उनले अन्जन राईलाई बिट गरेपनि सोचेजस्तो प्रहार गर्न सकेनन् । ५१औं मिनेटमा कोमिवनको बक्स बाहिरबाट लिएको प्रहार डीफ्लेक्ट भएर बाहिर गयो ।

६०औं मिनेटमा लगातार योगेश गुरुङ र सुमित श्रेष्ठको क्रसले आफ्नो टिममेट भेटाउन सकेन । ६४औं मिनेटमा ओचिलोभको बक्स बाहिरबाट लिएको प्रहार डीफ्लेक्ट भएपछि अभिषेकले राम्रो बचाउ गरेन कर्नरमा लागि फ्यालीदिए । अर्को मिनेटमा पुनः उनकै प्रहार पोस्ट तर्फ जान सकेन ।

६६औं मिनेटमा राजीव लोप्चनको क्रसमा कोमिवनको प्रहार ब्लक हुन पुग्यो । ७१औं मिनेटमा ओचिलोभको फ्रिकिकले पोस्टको दिशा लिन सकेन । ७५औं मिनेटमा सान्चेजले बक्स भित्रबाट बायाँ खुट्टाले गरेको प्रहार पोस्टको निकै टाढा बाट बाहिरियो ।

७६औं मिनेटमा काठमाडौंका गणेश हमालले क्रस नगरी पोस्टमा प्रहार गर्न खोज्दा काठमाडौँले राम्रो मौका गुमाउन पुग्यो । ८०औं मिनेटमा कोमिवनको फ्रिकिक पोस्टको केही माथिबाट बाहिरियो ।

८६औं मिनेटमा झापाका गोलरक्षक कुपिचले एनकेंगुए जुनियरलाई उत्कृष्ट बचाउ गरेर विफल पारे । राजीव लोप्चनको थ्रु-पासमा उनलाई वान भर्सेस वान अवसर सृजना भएको थियो, तर उनलाई कुपिचले गोल लाइन अगाडि आएर विफल पारे ।

मंगलबार हुने खेलमा ललितपुर सिटी फुटबल क्लबले वीरगन्ज युनाइटेडको सामना गर्नेछ । खेल दशरथ रंगशालामा साँझ ५ बजे हुनेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.