default_image

11 months ago

December 4, 2023

डाँगीहाट किराँत गोल्डकपको सेमिफाइनलमा‌

284 views

0 Bookmark

दिपक बोहरा ,पाँचथर

मोरङको डाँगीहाट फुटबल क्लब पाँचथरमा जारी प्रथम किराँत गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।


दार्जिलिङ युनाइटेट फुटबल क्लबलाई सोमबार ६-३ ले हराउँदै डाँगीहाट अन्तिम चारमा पुगेको हो । डाँगीहाटको जितमा सुजन धिमाल र अभिषेक लिम्बुले समान २ तथा उमेश राई, अरुण लिम्बु समान १ गोल गरे। दार्जिलिङका लागि रोहित थापा, आशिष राई र गणेश लिम्बुले समान १ गोल गरे ।

फिदिम माविको खेलमैदानमा भएको खेलमा डाँगीहाटले सुरुआतदेखि नै दबाब बनाएको थियो। खेलको आठौं मिनेटमा अरुण लिम्बुको पासमा उमेश राईले सहजै गोल गर्दै डाँगीहाटलाई अग्रता दिलाए।

३९ औं मिनेटमा सुजनले गोल गरेर अग्रता दोब्बर बनाएका थिए। सुजनले खेलमैदानको मध्यभागबाट अघि बढाउँदै सुन्दर गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा मोरङका अरुणले गोल गरे । उमेशको प्रहार पोष्टमा लागेर रिबाउन्ड हुँदा अरुणले गोल गरेका थिए ।

खेलको ४७ औं मिनेटमा सुजनले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरे । ५१ औं मिनेटमा अभिषेकले मोरङको लागि पाँचौ गोल गरे ।

५३ औं मिनेटमा रोहितले गोल गर्दै दार्जिलिङ खेलमा फकाउने प्रयास गरे । ५७ औं मिनेटमा दार्जिलिङ आशिषले गोल गरे । ६१ औं मिनेटमा मोरङका अभिषेकले गोल गर्दै अग्रता बढाए । ७४ औं मिनेट दार्जिलिङका गणेशले गोल गरे ।

‘नयाँ मैदान भए पनि खेलाडीले उत्कृष्ट खेले। फरवार्डको प्रदर्शन अझ उत्कृष्ट हुँदा फराकिलो अन्तरले जित सम्भव भयो ,’ मोरङका प्रशिक्षक राज लिम्बुले भने।

दार्जिलिङका प्रशिक्षक राजु थापा खेलाडीले सोचे अनुसार खेल्न नसकेको बताए। ‘ खेलमैदान कडा हुनु र पहिलो रोजाईका खेलाडी आजको खेलमा सोचेजस्तो खेल्न सकेनन्,’ उनले भने।

म्यान अफ दी म्याच मोरङका अभिषेक लिम्बुले ५ हजार रुपैयाँ प्राप्त गरे। जितसँगै मोरङले सेमिफाइनलमा आयोजक पाँचथर फुटबल क्लब सँगको भेट पक्का गर्यो।

प्रतियोगिततको विजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र दोस्रो टोलीले २ लाख हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछ ।

किराँत गोल्डकपमा मंगलबारको खेल
कणर्सिं सोनाम स्मिृति क्लब, ताप्लेजुङ विरुद्ध हिमालयन शेर्पा क्लब, काठमाण्डौं
समय – दिउँसो १ः ३० बजे

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.