default_image

9 months ago

December 4, 2023

पहिलो हाफमा काठमाडौं र झापाले गोल गर्न सकेनन्

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत सोमबारको खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र झापा फुटबल क्लबबीच जारी पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको छ ।

काठमाडौंले खेलमा दबाब कायम गरेपनि गोल गर्न सकेको छैन । कप्तान अन्जन विष्टको अनुपस्थितिमा झापाको आक्रमण आज कमजोर देखिएको छ ।

पाँचौं मिनेटमा काठमाडौंका प्रशान्त अवस्थीको कर्नरमा तोजीदिनोभ कोमिवनको प्रहार पोस्टको माथिबाट बाहिरियो । सातौं मिनेटमा काठमाडौंकै शोखरूखको फ्रिकिक पोस्टको केही माथिबाट बाहिरियो ।

११औं मिनेटमा कोमिवनको क्रस झापा गोलरक्षक स्टेफन कुपिचले फुस्काएपनी कुनै खतरा भने रहेन । १४औं मिनेटमा कुलदीप कार्कीको क्रसमा हिसुब थपलियाके चाहेजस्तो संपर्क बनाउन सकेन र बल सिधै कुपिचको हातमा पुग्यो ।

१६औं मिनेटमा झापाका समिराज ठोकरले दायाँ फ्लान्कमा एकल रन बनाउँदै काठमाडौंका लेफ्ट ब्याक अमित तामाङलाई बिट गरे तर उनको क्रस भने अन्जन राईले क्लियर गरिदिए ।

१७औं मिनेटमा झापाका लक्ष्मण रूचालको कर्नर अमितले गाेललाइनबाट क्लियर गरे । २०औं मिनेटमा झापाका डिफेन्डर योगेश गुरुङको लामो बलले समिराजलाई बक्समा भेटाउन सकेन ।

२३औं मिनेटमा प्रशान्त अवस्थीको क्रस योगेशले क्लियर गरे । २४औं मिनेटमा कोमिवनको बक्सको छेउबाट लिएको प्रहार सुदिप श्रेष्ठले ब्लक गरे ।

२५औं मिनेटमा कोमिवनको कर्नरमा आन्द्रेस नियाले चाहेजस्तो सम्पर्क लगाउन सकेनन् ।

२८औं मिनेटमा प्रदीप लामाको थ्रु-पासमा जोर्गे सान्चेजले पाएको मौकामा उनको प्रहार सिधै अभिषेक बरालको हातमा पुग्यो। अभिषेकले बल फुस्काउन पुगेपनी समिराजले प्रहार गर्ने क्रममा उनलाई फाउल गरे ।

३०औं मिनेटमा शोखरूखको अर्को फ्रिकीकले पनि पोस्टको दिशा लिन सकेन । ३५औं मिनेटमा समिराजको क्रस सिधै अभिषेकको हातमा पुग्यो ।

४२औं मिनेटमा नियाको लामो पासले हिसुबलाई भेट्न सकेन ।

खेलको सुरुवाती ११ र प्रत्यक्ष प्रसारण यहाँ हेर्नुहोस

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.