default_image

9 months ago

December 4, 2023

काठमाडौंलाई जितविहिन झापाको चुनौती

410 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग २ अन्तर्गत सोमबार साविक विजेता काठमाडौं रेजर्स फुटबल क्लबले नवप्रवेशी झापा फुटबल क्लबको सामना गर्दैछ ।

दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा झापा पहिलो जितको खोजीमा हुनेछ । दुवै टोलीले आफ्नो पछिल्लो खेलमा इन्ज्युरी समयको गोलको सहयोगले हार टारेका थिए । दुवै टोलीका लागि विदेशी खेलाडी नै गोल गर्न सफल भएका थिए ।

काठमाडौंले एफसी चितवनविरुद्ध १-१ को बराबरी खेल्दा एनकुंगे जुनिअरले बराबरी गोल फर्काएका थिए । झापाका लागि भने समन्दर ओचिलोभले लगभग अन्तिम टचमा गोल गर्दै पोखरा थन्डर्सविरुद्ध १-१ को बराबरी गरेका थिए ।

झापाले उक्त खेलबाट पहिलो अंक समेत जोडेको थियो । तर कप्तान अन्जन विष्टले काँधको चोट बोकेपछि भने झापालाई केहि समस्या हुने देखिन्छ । लाकेन लिम्बु लामो समयका लागि घाइते भएको अवस्थामा अन्जन पनि बाहिर हुँदा टोलीलाई निकै समस्या पर्ने देखिन्छ ।

यता काठमाडौंले एक सातापछि आफ्नो तेस्रो खेल खेल्दैछ । पहिलो खेलमा स्पोर्टिङ इलामलाई १-० ले हराएको काठमाडौं शीर्षस्थानमा धनगढीलाई उछिन्न चाहन्छ । यसका लागि टोलीले २ गोलको जित निकाल्नुपर्ने हुन्छ ।

एनएसएलको अंक तालिका, खेल तालिका लगायत सम्पूर्ण जानकारी

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.