default_image

9 months ago

December 4, 2023

सिटीको घरेलु मैदानमा टोटेनहमले पुन: अंक खोस्यो

2279 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटी र टोटेनहम हट्सपरबीच इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेल ३-३ को रोमान्चक बराबरीमा सकिएको छ ।

सिटीविरुद्ध लगातार बाधक बन्दै आएको टोटेनहमले खेलको अन्त्यतिर गोल गर्दै पुन: एकपटक सिटीलाई जितबाट बन्चित गर्यो । सिटी अंक तालिकाको तेस्रो स्थानमा झर्दा टोटेनहमले भने लगातार हारको सिलसिलामा पूर्णविराम लगायो ।

टोटेनहमका कप्तान ह्युङ मिन सनले दुवै पोस्टमा गोल गर्दा सिटीका लागि ज्याक ग्रिलिस र फिल फोड गरे । स्पर्सका लागि जिओभानी लो सेल्सो र डेजान कुलुसेभ्स्कीले बराबरी गोल फर्काएका थिए ।

खेलको सातौं मिनेटमा टोटेनहमले कप्तान ह्युङ मिन सनको गोलमा अग्रता लियो । सिटीले हानेको कर्नरबाट सुरु भएको काउन्टर अट्याकलाई सनले मध्यभागबाट अघि बढाउँदै पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए ।

तर स्पर्सले अग्रता लिएको दुई मिनेटपछि नै खेल बराबरीमा आयो । सनले सिटीको फ्रिकिकमा आएको बललाई अकस्मात घुँडाले आफ्नै पोस्टको दिशा दिएपछि खेल १-१ को स्थितिमा आइपुग्यो ।

३१ औं मिनेटमा फिल फोडेनले गोल गर्दै खेलमा सिटीलाई अघि बढाए । उनले अल्भारेजले पेनाल्टी क्षेत्र भित्र दिएको चलाखीपूर्ण पासलाई नियन्त्रणमा लिँदै गोलमा परिणत गरे ।

दोस्रो हाफमा टोटेनहमले पुन: खेल बराबरीमा ल्यायो । ६९ औं मिनेटमा अर्जेन्टिनी मिडफिल्डर जिओभानी लो सेल्सोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक एडरसनले रोक्न सकेनन् ।

८१ औं मिनेटमा सिटीले ज्याक ग्रिलिसको गोलमा अग्रता लियो । इभ्स बिसुमाले आफ्नै पेनाल्टी क्षेत्र बाहिर बल फुस्काएपछि सिर्जना भएको अवसरमा ग्रिलिसले कुनै गल्ती गरेनन् । उनले हालान्डको क्रसमा टोटेनहमविरुद्ध करिअरकै पहिलो गोल गरे ।

खेलको ९० औं मिनेटमा पाहुना टोलीले पुन: खेल बराबरीमा ल्यायो । ब्रेनन जोन्सनको क्रसमा डेजान कुलुसेभ्सकीले हेडरमार्फत गोल गर्दै खेललाई ३-३ को स्थितिमा ल्याए ।

खेलको इन्ज्युरी समयमा सिटीले अर्को गोल गर्ने संघारमा थियो । तर ज्याक ग्रिलिस अफसाइड ट्रयाप बिट गरेर अघि बढेको अवस्थामा रेफ्रीले सिटीकै पक्षमा फलको लागि सिठी फुक्दा म्यानचेस्टर सिटीका खेलाडी र अफिसियल रेफ्रीविरुद्ध रुष्ट बनेका थिए ।

यस नतिजासँगै सिटीको १४ खेलमा ३० अंकसाथ तेस्रो स्थानमा झरेको छ । शीर्षस्थानको आर्सनलले ३३ र दोस्रो स्थानको लिभरपुलले ३१ अंक जोडेको छ । छैटौं स्थानको टोटेनहमको २६ अंक छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.