default_image

11 months ago

December 3, 2023

इलाम र बुटवल पहिलो हाफमा गोलरहित

234 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत दशरथ रंगशालामा जारी खेलमा स्पोर्टिङ्ग इलाम एफसी र बुटवल लुम्बिनी एफसीले गोलरहित पहिलो हाफ खेलेका छन् ।

पहिलो हाफको अवधिभर इलामले नै खेलमा बढी बल राखेको छ र मौकाहरु सृजना गरेको छ । बुटवलका लागि भने जिलेस्पी जंग कार्कीले एक अवसर सिर्जना गर्नु बाहेक अरु स्पष्ट अवसर बनाउन सकेका छैनन् ।

खेलको सुरुवाती समयमै इलामले केही मौका खेर फाल्यो। दोस्रो मिनेटमा नै इब्राहीम जितेले फोडे कमाराले हेडर पोस्टतर्फ प्रहार गर्न सकेनन्। तेस्रो मिनेटमा कमाराको क्रसमा भरत खवासले पोस्टमा प्रहार गरे। कमाराको लो क्रसमा खवासको प्रयास पोस्टमा लागेर फर्कियो।

सातौं मिनेटमा बुटवलका एरीक विष्टको फ्री विकेश कुथुले पन्च गरिदिए। १०औं मिनेटमा इलामका दिपेश घलेको क्रसमा अमाथ एनडवको हेडर पोस्टको माथिबाट बाहिरियो।

१२औं मिनेटमा बुटवलका सरोज तामाङको फ्रिकिक पुनः विकेशले पन्च गरे। १३औं मिनेटमा बुटवलले ठूलो मौका खेरा फाल्यो। जिलेस्पी जंग कार्कीले बायाँ फ्लांकमा एकल रन बनाएर स्टेफन बिनोङलाई दिएको पास बिनोङले प्रहार नगरी नियन्त्रणमा लिन खोजेपछि मौका खेरा गयो।

१५औं मिनेटमा बुटवलका आन्द्रे बियिकले क्लियर गर्न खोजेको बल उनकै पोस्ट तर्फ फर्कियो टर एनडवले प्रहार गर्न नखोजेपछि मोहमडुले पन्च गरिदिए। १८औं मिनेटमा दिपेश घलेको अर्को क्रसमा पनि एन्डवको हेडर पोस्ट माथि गयो।

२६औं मिनेटमा कमाराको पासमा एन्डवको प्रहारले पोस्टको दिशा लिन सकेन। २७औं मिनेटमा उनकै फ्रिकिक पोस्टको केही टाढाबाट बाहिरियो। ३६औं मिनेटमा बुटवलका अशोक थापाको क्रस विकेशले सहजै समाते। ३९औं मिनेटमा इलामका जितेको फ्रिकिक पनि गोलपोस्टको माथिबाट बाहिरियो।

४२औं मिनेटमा बिनोङको भली प्रहारले विकेशलाई समस्या दिन सकेन। ४५औं मिनेटमा मणी कुमार लामाको कर्नरमा बिनोङको हेडर विकेशले बचाए।

तेस्रो खेल खेलिरहेको इलामको दुई खेलमा तीन अंक छ। बुटवलले भने दुवै खेलमा हार बेहोरेको छ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.