default_image

1 year ago

December 3, 2023

एन्जिला र गिता सेथुबाट लिग खेल्न भारततर्फ

664 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा र डिफेन्डर गिता राना सेथु फुटबल क्लबबाट भारतीय महिला लिग खेल्न आइतबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

एन्जिला लगातार दोश्रो वर्ष सेथुबाट खेल्न लागेकी हुन् भने गिता पहिलो पटक आवद्ध भएकी हुन् । उनीहरूले गत महिना नै क्लबसँग सम्झौता गरेका थिए। दुबै एफिएफ फुटबल टोलीका सदस्य हुन् ।

गत सिजन सेथुले सेमिफाइनलसम्म यात्रा तय गर्दा पनि एन्जिला टोलीबाट खेलेकी थिइन् । एन्जिलाले लगातार दोस्रो सिजन सेथुबाट खेल्न पाउँदा खुसी लागेको बताएकी थिइन् । ।

‘लगातार दोस्रो सिजन खेल्न पाउँदा निकै खुसी लागेको छ । आशा छ यसपटक गत सिजन भन्दा राम्रो नतिजा निकाल्न सक्नेछौं,’ उनले भनेकी थिइन् ।

गत सिजन एन्जिला सम्मिलित सेथु सेमिफाइनलमा किकस्टार्ट फुटबल क्लबसँग पराजित भएको थियो । उक्त क्लबमा नेपालकै सरु लिम्बू र कप्तान रेनुका नगरकोटे खेलेका थिए ।

महिला लिगको नयाँ सिजन डिसेम्बर दोस्रो सातादेखि मार्चसम्म चल्नेछ । लिगमा ८ टोली छनोट भएपनि ७ टोलीले मात्र प्रतिस्पर्धा गर्ने बुझिएको छ ।

एन्जिलासँगै नेपालका अन्य खेलाडीले पनि लिग अनुबन्ध हुने सम्भावना छ । गत सिजन ६ नेपाली खेलाडीले लिग खेलेका थिए । एन्जिलासँगै लिग विजेता सावित्रा भण्डारी, सरु लिम्बु, रेनुका नगरकोटे, अनिता बस्नेत र रेखा पौडेलले खेलेका थिए । दीपा शाही लर्ड्स एफएमा अनुबन्धित भएपनि उमेर नपुग्दा खेल्न पाएकी थिइनन् ।

February 5, 2025

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजकमा सौर्य एअर र ओम साई पाथिभरा हस्पिटल

हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]

February 5, 2025

पूर्व विजेता एपिएफ पनि आहा राराबाट बाहिरियो

पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]

February 5, 2025

आहा! रारा पोखरा गोल्डकप – एपिएफ र मच्छिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]

Success

Thank you for your time.