default_image

9 months ago

December 2, 2023

किराँत गोल्डकप – आयोजक पाँचथरको विजयी सुरुवात

1451 views

0 Bookmark

दिपक बोहरा , पाँचथर
पाँचथरमा शनिबारबाट सुरु भएको प्रथम किराँत गोल्डकप फुटबल प्रतियोगितामा आयोजक पाँचथर फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा आयोजक पाँचथरले तेह्रथुमको मितेरी क्लब लाई २-० ले हराएको हो । पाँचथरको जितमा शुकराज राई र विशाल भण्डारीले गोल गरेका थिए ।

फिदिम माविको नाइन ‘ए’ साइड खेलमैदानमा भएको तनाबग्रस्त खेलमा मितेरी क्लब अन्तिम समयमा ७ जना खेलाडीमा सिमित भएको थियो । उसका विदेशी खेलाडी पेपे र ग्लोरीले रातो कार्ड खाँदै मैदान छाडेका थिए ।

खेलको ४३ औं मिनेटमा पाँचथरका शुकराजले गोल गर्दै पाँचथरलाई अग्रता दिलाए । कर्नरबाट आएको बल मितेरीका किपरबाट रिबाउन्ड भएपछि शुकराज सुन्दर गोल गरेका थिए । खेलको ६० औं मिनेटमा पाएको फ्रिकिकलाई विशालले गोलमा परिणत गर्दै पाँचथरको जित पक्का गरे । उनै विशाल प्लेयर अफ दि म्याच बने र उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।

२ खेलाडीले रातो कार्ड पाए पछि मितेरीका प्रशिक्षक,समर्थकहरु मैदानमा पसेर रेफ्रीसँग विवाद गर्दा खेल तनाबग्रस्त बनेको थियो । निरन्तर विवाद गरेपछि मितेरीका प्रशिक्षकलाई रेफ्रीले पहेँलो कार्ड देखाएका थिए ।

खेल सकिन २ मिनेट बाँकी रहेको अवस्थामा मितेरीका खेलाडीहरु मैदान छाडेका थिए । खेलाडीहरु मैदान नफर्किए पछि खेलका मुख्य रेफ्री राजु थापा मगरले खेल सकिएको घोषणा गरेका थिए ।

किराँत गोल्डकपमा आइतबारको खेल

रेडहर्स फुटबल क्लब इलामविरुद्ध बिर्तामोड युनाइटेड क्लब झापा

समय – दिउँसो १: ३० बजे

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.