default_image

9 months ago

December 2, 2023

अन्तिम समयमा गोल गर्दै झापाको बराबरी

1488 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तिम समयमा गोल गर्दै झापा एफसीले नेपाल सुपर लिगमा पहिलो अंक हासिल गरेको छ।

१-० ले पछि परेको अवस्थामा खेलको अन्तिम क्षणमा गोल गर्दै झापाले १० खेलाडीमा सीमित पोखरा थन्डर्स विरुद्ध एक अंक हासिल गर्न सफल भएको हो।

समन्दार ओचिलोभले इन्जुरी समयको आठौं मिनेटमा गोल गरेका थिए। यसअघि पोखराका लागि मोसेस ग्याबाले गोल गरेका थिए।

पहिलो खेलमा हार बेहोरेको झापाले यस खेलमा पनि सोचेअनुरुप प्रदर्शन गर्न भने सकेन। पहिलो हाफमा धेरै मौका बनाएपनि खेलमा गोल गर्न नसकेपछि दोस्रो हाफमा भने झापाले स्पष्ट मौका बनाउन सकेन। उता पोखराले खेलमा केही मौकाहरु पाएको थियो। खेलमा थोरै मौका बनाएपनि पोखराले महत्वपूर्ण गोल गर्न सफल भयो।

सातौं मिनेटमा पोखराका सुरज जिउ ठकुरीको क्रस झापाका गोलरक्षक स्टेफन कुपिचले पन्च गरिदिए। आठौं मिनेटमा झापाका सुमित श्रेष्ठले फरवार्ड जोर्गे सान्चेजका लागि खेलेको थ्रु-पास स्पेनिश स्ट्राइकर पुग्नु अघि पोखरा गोलरक्षक यभ्स प्रिसोले बचाए।

१०औं मिनेटमा झापाका फर्नान्डो टोरसले बक्स बाहिरबाट गरेको प्रहार प्रिसोले सहजै समाते। ११औं मिनेटमा झापाले ठूलो मौका गुमायो। आवास लामिछानेको थ्रु-पासमा प्रदीप लामाले राम्रो रन बनाएका थिए तर उनले प्रहार नगरी लक्ष्मण रूचालका लागि खेलेको क्रसमा लक्ष्मण प्रहार गर्न पुगेनन्।

१२औं मिनेटमा अन्जन विष्टको क्रसमा लक्ष्मणले नै बललाई पोस्टको बाहिर प्रहार गरें। प्रिसोले बल बाहिर जाने आँकलन गर्दै छोडिसकेका थिए टर लक्ष्मणले बललाई जालिमा प्रहार गर्न सकेनन्। १३औं मिनेटमा प्रदीप लामाको प्रहार प्रिसोले सहजै समाते।

झापाले मौका बनाइरहेको बेलामा पोखराले भने अर्को तिर अग्रता लियो। १९औं मिनेटमा जो आईडूको क्रसमा मोसेस ग्याबाले हेडर मार्फत गोल गर्दै अग्रता बनाएका हुन्।

२३औं मिनेटमा झापाका समान्दार ओचिलोभको फ्रिकीकले वाल कटाउन सकेन। २४औं मिनेटमा टोरेसको बक्स बाहिरबाट गरेको प्रहार सिधै प्रिसोको हातमा गयो। ३६औं मिनेटमा झापाका विशाल बस्नेतको क्रस् प्रिसोले फुत्काएपनि दिनेश राजवंशीले क्लियर गरे।

३८औं मिनेटमा झापाले पेनाल्टीमा अपील गरेको थियो। अन्जनको क्रसमा लक्ष्मण रूचालले लिएको प्रहार अन्जल महर्जनको हातमा लागेको थियो। तर रेफ्रीले पेनाल्टी दिन मानेनन् र केही आक्रोसित देखिएका लक्ष्मणले पहेँलो कार्ड पाए।

पहिलो हाफको अन्त्यतिर पोखरा अग्रता दोब्बर बनाउनबाट चुक्यो। प्रिसोले खेलेको लामो बल पन्च गर्न अगाडि आएका कुपिचले पन्च गरेको बल सिधै स्टेफन अन्नोरको खुट्टामा पुगेको थियो। उनले गरेको प्रहार पोस्टमा लागेर फर्कियो।

दोस्रो हाफमा भने धेरै मौकाहरु बनेनन् र खेलको गति केही कम हुँदै गयो। ४९औं मिनेटमा प्रदीप लामाको लामो दूरीको प्रहार पोस्टको माथिबाट बाहिरियो। ५६औं मिनेटमा प्रदीपको क्रसमा हेडर गर्ने क्रममा टाउको ठोकिएको अन्जन विष्ट मैदानमा ढलेका थिए। तर उनी पुनः मैदान प्रवेश गरे र केही समयपछि मैदान बाहिरिए।

६२औं मिनेटमा जोर्गे सान्चेजले धेरै टाढाबाट पोस्टको केही बाहिर आएका प्रिसोलाई चकित पार्न खोजेका थिए तर उनले पोस्टको बाहिर प्रहार गरे। ८१औं मिनेटमा सुमित श्रेष्ठको क्रस टाल्लाले क्लियर गरे।

८५औं मिनेटमा आवास लामिछानेको थ्रु-बलले सान्चेजलाई भेटाउन सकेन। ८९औं मिनेटमा पोखराका कमल बहादुर थापाले रातो कार्ड पाएपछि अन्तिम समयमा पोखराले १० खेलाडीले खेल्नु परेको थियो। र अन्तिम समयमा भने पोखराले गोल खान पुग्यो।

६ मिनेट थप गरिएको मा इन्जुरी समयको आठौं मिनेटमा ओचिलोभले गोल गर्दै खेलमा आफ्नो टोलीका लागि एक अंक जुटाए। आवास लामिछानेको क्रस प्रिसोले फुत्काएपछि उनले बललाई सहजै जालिमा हालेका थिए।

पोखरा जितपछि ३ खेलमा ५ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ। झापाको भने यो पहिलो अंक हो। पहिलो खेलमा झापा इलाम विरुद्ध पराजित भएको थियो

नेपाल सुपर लिगमा आज हुने दोस्रो खेलमा साँझ ५:३० बजे धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्ने छन्।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.