default_image

9 months ago

December 2, 2023

किराँत गोल्डकपमा आयोजक र तेह्रथुम खेल्दै

409 views

0 Bookmark

दिपक बोहरा,पाँचथर

जिल्लाकै ठूलो धन राशिको ‘प्रथम वाईवाई अन्तराष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगिता’ आज सुरु हुँदैछ ।


सदरमुकाम फिदिमस्थित फिदिम माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर फुटबल क्लब र तेह्रथुमको मितेरी फुटबल क्बलबीच प्रतिस्पर्धा हुनेछ ।

पाँचथर र मितेरीको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । पाँचथर फुटबल क्लबले स्थानिय खेलाडीहरुलाई जोड दिएर टोली निर्माण गरिएको आयोजकले जनाएको‌ छ।

मितेरीले सहभागिता जनाएको ठुलो प्रतियोगितानै किराँत गोल्डकप हो । तर, तेह्रथुम पहिलो सहभागितामा आफुलाई अब्बल साबित गर्ने मुडमा छ । ए डिभिजन लिगको अनुभव बटुलिसकेका खेलाडीहरुलाई समेटेर टोलीले तयार पारिएको मितेरी क्लबले जनाएको छ ।

नेपाल सुपर लिग नखेलेका विदेशी खेलाडी पेपे, ब्लोरी सहित अन्य खेलाडी पनि टोलीमा रहेको बताइएको छ ।
उद्घाटन खेल दिउँसो १२ बजे सुरु हुने आयोजक पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलीले ले ४ लाख ४ हजार ४ सय ४४ र दोस्रो हुने टोलीले २ लाख २ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.