default_image

9 months ago

December 2, 2023

अल नासरको लज्जास्पद हार

8584 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले साउदी प्रो लिगमा लज्जास्पद हार बेहोरेको छ ।

अल नासरले १० खेलाडीमा सम्मिलित शीर्षस्थानमा रहेको अल हिलालसँग ३–० को हार बेहोरेको हो । अल हिलालको जितमा एलेक्सान्दर मित्रोभिचले दुई तथा सेर्गेज मिलिन्कोभिक सभिकले एक गोल गरे । सबै तीन गोल दोस्रो हाफमा नै सम्भव भएको थियो ।

खेलमा अल नासरले बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा लिगमा तेस्रो हार बेहोर्न पुग्यो । यता, अल हिलालले भने पाएको मौकालाई सदुपयोग गर्दै लिगमा अपराजित रहन सफल भयो ।

किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा शुक्रबार राति ५० हजार बढी दर्शकमाझ भएको खेलको ६४औं मिनेटमा सेर्गेज मिलिन्कोभिक सभिकले गोल गर्दै अल हिलाललाई १–० को अग्रता दिलाए । उनले साउद अब्दुलहामिदको पासमा गोल गर्न सफल भएका थिए । ७५औं मिनेटमा रोनाल्डोले बराबरी गोल गरेपनि भिएआरबाट गोलले मान्यता पाएन ।

त्यसपछिको दुवै गोल एलेक्सान्दर मित्रोभिचको नाममा रह्यो । ८९औं मिनेटमा एलेक्सान्दर मित्रोभिचले गोल गर्दै अल हिलालको अग्रता दोब्बर पारे । उनले सलिम अल दासारीको पासलाई सदुपयोग गरे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एलेक्सान्दर मित्रोभिचले सेर्गेजको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अल नासरलाई लज्जास्पद हार चखाए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा अल हिलाल १० खेलाडीमा समेटिन पुग्यो । अलि अल बोलेही सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अल हिलाल १० खेलाडीमा समेटियो । ११ मिनेटको समय थप गरिएपनि अल नासरले त्यसको फाइदा उठाउन सकेन ।

यस जितसँगै अल हिलालले आफ्नो अपराजित यात्रालाई २२ खेलसम्म लम्ब्याउन सफल भएको छ । गत अगस्टमा अरब क्लब च्याम्पियन्स कपमा अल नासरसँगै २–१ ले पराजित भएयता अल हिलालले हार बेहोरेको छैन । जसमा १९ जित र ३ बराबरीको नतिजा छ ।

अल हिलालसँगको हारसँगै अल नासरको २१औं खेलमा अपराजित यात्रामा पूर्णविराम लागेको छ । गत १९ अगस्टमा प्रो लिगमा अल तावनसँग २–० ले पराजित भएयता अल नासर अपराजित रहेको थियो । जसमा १८ जित र २ बराबरीको नतिजा छ ।

यस जितसँगै अल हिलालले आफ्नो शीर्षतालाई थप मजवुत बनाएको छ । अपराजित रहेको अल हिलाल १५ खेलबाट १३ जित र २ बराबरीसहित ४१ अंक जोडेर शीर्षस्थानमा छ । अल हिलालले दोस्रो स्थानको अल नासरलाई ७ अंकले पछि पारिसकेको छ ।

अल नासर १५ खेलबाट ११ जित, १ बराबरी र ३ हारबाट ३४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अल हिलालसँगको हारले अल नासरले अंक दुरी छोट्याउने मौका गुमाएको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.