default_image

11 months ago

December 1, 2023

विमलको गोलमा चितवनलाई अग्रता

885 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) मा शुक्रबार चितवन एफसीले मध्यान्तर सम्म वीरगन्ज युनाइटेड एफसी विरुद्ध अग्रता बनाएको छ।

विमल घर्ती मगरको गोलको मद्दतले एनएसएल इतिहासमा पहिलो जित खोजिरहेको चितवनले १-० को अग्रता बनाएको हो।

चितवनले नवप्रवेशी टोली वीरगन्ज विरुद्ध राम्रो प्रदर्शन गरिरहेको छ। खेलमा चितवन बलियो देखिएपनि वीरगन्जले पनि मौकाहरु भने सृजना गरेको छ। पछिल्लो दुई खेलमा सोचे अनुरूप प्रदर्शन गर्न नसकेका चितवनका मिडफिल्डर टोरीक जेब्रिन आज राम्रो लयमा देखिएका छन्।

चौथो मिनेटमा वीरगन्जले खेलको पहिलो मौका फ्रिकीकको रूपमा पाएको थियो तर विलियम ओपोकुको प्रहारले वाल कटाउन सकेन। आठौं मिनेटमा चितवनका टोरिकको बक्सको दायाँ पट्टी बाट गरेको प्रहार पोस्टको माथि बाट बाहिरियो।

१३औं मिनेटमा चितवनका स्ट्राइकर रफिक अमिनुको कमजोर खुट्टाले गरेको प्रहारले वीरगन्जका गोलरक्षक दीप कार्कीलाई कुनै समस्या दिन सकेन।

२३औं मिनेटमा टोरिकको फ्रिकिक दीपले पन्च गरिदिए। २५औं मिनेटमा वीरगन्जका आईकोनिक खेलाडी तेज तामाङले चितवनका राईट ब्याक छिरिङ गुरूङलाई छक्याए तर उनी सट लिने या क्रस खेल्ने दुविधामा परेपछि प्रहार भने पोस्टको दिशामा गएन।

२८औं मिनेटमा बिमलले चितवनलाई अग्रता दिलाए। रोशन राना मगरले मिडफिल्डबाट खेलेको थ्रु-पासमा बिमलले वीरगन्जको रक्षापंक्ति पछाडि रन बनाउँदै दीपलाई कटाएर खाली पोस्टमा गोल गर्न सफल भए।

३०औं मिनेटमा वीरगन्जका सुदिप गुरूङको क्रस चितवन गोलरक्षक विशाल श्रेष्ठले सहजै समाते। ३१औं मिनेटमा तेजको अर्को प्रहार पोस्टको केही टाढाबाट बाहिरियो।

३२औं मिनेटमा टोरिकको पासमा अमिनुको प्रहारमा उनले चाहेजस्तो सम्पर्क बनाउन सकेनन्। ४१औं मिनेटमा टोरिककै कर्नर दीपले पुनः पन्च गरिदिए।

आज तेस्रो खेल खेलिरहेको चितवन एक बराबरी सहित एक अंकमा छ। पहिलो खेलमा पराजित वीरगन्ज भने आज दोस्रो खेल खेल्दै छ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.