default_image

9 months ago

November 29, 2023

पोखरा र ललितपुरको खेल बराबरी टुंगियो

751 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिगमा बुधबार पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ।

दुबै टोलीले गोलका लागि धेरै प्रयास गरेपनि गोल भने हुन सकेन। खेलमा धेरै पकड भने पोखराको रहेको थियो। ललितपुरले बुटवल विरुद्ध प्रदर्शन गरेको खेल आज देखाउन सकेन। ललितपुरका विदेशी स्ट्राइकर पापा केबे घाइते भएर पहिलो हाफमै मैदान छाडेका थिए।

पाँचौं मिनेटमा पोखराका स्टेफन अन्नोरको क्रसलाई ओमोलाजा करीमले क्लियर गरे। छैठौं मिनेटमा पोखराले पोस्टमा प्रहार गर्यो। फ्रान्कलिन टाल्लाको लामो बलमा मोसेस ग्याबाले राम्रो मौका पाएका थिए तर उनको प्रहार पोस्टमा लागेर फर्कियो।

सातौं मिनेटमा पोखराका दिपेश आले मगरको बक्स बाहिर बाट लिएको प्रहर ललितपुर गोलकिपर जेफ्रि बाल्टुसले सहजै समाते।

१९औं मिनेटमा इमोह इजिकिएलले दिनेश हेन्जनको लामो बलमा बक्सको छेउमा आएका पोखराका गोलरक्षक यभ्स प्रिसोलाई बिट गरेपनि उनको प्रहार टाल्लाले विफल पारे।

२५औं मिनेटमा निखिल कदमको फ्री-किकमा अनन्त तामाङले फ्री हेडर मौका पाएका थिए। उनको प्रयास सिधै प्रिसोको हातमा पुग्यो तर अनन्त अफसाइड थिए।

२६औं मिनेटमा निखिल कदमको राम्रो क्रसमा ललितपुरका दिनेश र इजीकिएल दुवैले हेडर जित्न सकेनन्।

३८औं मिनेटमा करीमको बक्सको बायाँ हातबाट लिएको फ्रीकिक प्रहार फार-पोस्टको केही टाढाबाट बाहिरियो। ४०औं मिनेटमा निखिलको क्रसमा इजीलिएलले ट्यापइन गर्न सकेनन् र प्रिसोले क्रसलाई नियन्त्रणमा लिए।

४३औं मिनेटमा आयुष घलानको क्रसमा मोसेसको हेडर टार्गेटमा रहन सकेन। ४९औं मिनेटमा अनिल महर्जनको क्रस प्रिसोले फर्काएपनि कुनै खतरा भने थिएन। ५०औं मिनेटमा टाल्लाको क्रसमा मोसेसले हेडरमा राम्रो संपर्क गराउन सकेनन्।

५५औं मिनेटमा मोसेसले अर्को हेडर प्रयासमा पनि गोल गर्न सकेनन्। ५६औं मिनेटमा इजीलिएलले वान भर्सेस वान अवसर पाएका थिए तर दिनेश राजवंशीले बल क्लियर गरे। ६३औं मिनेटमा आयुषको लामो दुरीको प्रयास पोस्टको माथिबाट बाहिरियो।

७४औं मिनेटमा दिनेश राजवंशीको फ्रिकिक बारको माथिबाट बाहिरियो। ७९औं मिनेटमा आयुष घलानको प्रहार बाल्टुसको हातमै जाना पुग्यो। ८२औं मिनेटमा मोसेसको बक्स बाहिरबाट लिएको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो।

थपिएको समयको दोस्रो मिनेटमा संजीव विष्टको प्रहार करिमले पोस्ट भन्दा माथि हेडर क्लियर गरिदिए।

आ-आफ्नो पहिलो खेलमा दुवै टोलीले जित दर्ता गरेका थिए। दुवै टोलीको समान दुई खेलमा समान चार अंक भएको छ।

एनएसएलमा बिहीबार धनगढी एफसी र बुटवल लुम्बिनी एफसी भिड्ने छन्।

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.